Press "Enter" to skip to content

Nepal को गाउँ-गाउँमा दहेज प्रकोप बिरूद्ध स्टेज नाटक कार्यक्रम

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर -५ दुबाैलियामा दाईजो प्रथा विरुद्ध मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको छ । एविसि नेपाल स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र सरावल गाउँपालिकाकाे समन्वय तथा संघर्ष संवाद केन्द्रकाे अायाेजनामा दाईजो प्रथा विरुद्ध मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको हाे  ।

संवाद सहयोग समितिका अध्यक्ष जवाहिर केवटकाे अध्यक्षता तथा सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलकाे प्रमुख अतिथता र सरावल कृषि शाखाका अर्जुन पाैडेलकाे विशिष्ट अतिथतामा दाईजो प्रथा विरुद्ध मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पाैडेलले दाईजो प्रथा एक जगन्य अपराध हाे । तर पनि हाम्रो समाजमा दाईजाे प्रथा लेनदेन गर्ने प्रबृत्ति ब्यायपक रहेको छ । अाफ्नाे छाेरिकाे विवाह गर्दा अामा बुबाले निकै नै परिश्रम गर्नु पर्छ । तर त्यहि केटा पक्षकोले दाईजो लिएर समस्या झन बढाई दिन्छ । र जसले गर्दा छाेरिकाे बिवाहमा ऋण लिएर विहे गर्नुपर्ने अवस्था सिर्जना उत्पन्न हुन्छ । र यसरी नै मानिसको जिवनमा दुख खेप्नु पर्ने हुन्छ ।उहाँले यस्ता समस्या समाधान गर्न र समाजमा दिनप्रतिदिन बढ्दै गरेको दाईजो लिने प्रथालाई अन्तय गर्न यस्ता कार्यक्रम गर्न अावश्क भएको बताए । र उहाँले अाफु स्वयम दाईजो प्रथा बिरुद्ध अावाज उठाउन लागि पर्ने बताउनुभएको थियो ।

sarawal dowry stage program

साे अवसरमा बाेल्दै बिशिस्ट अतिथि अर्जुन पाैडेलले  नेपाल सरकारले दाईजो लिने प्रथा अन्तय गर्नकाे लागि अन्तय गर्नकाे लागि ऐन कानुन बनाएकाे छ । तर पनि ग्रामीण क्षेत्रमा दाईजाे लिने प्रथा अन्तय भएको छैन । र याे प्रथालाई अन्तय गर्नकाे लागि समुदायमा जनचेतना जगाउन अावश्यक रहेको बताए ।

साे अवसरमा बाेल्दै एविसि नेपालका सुपरभाइजर साइदा निशा पठानले दाईजो लिनेप्रथालाई अन्तय गर्नकाे लागि हामी सबै जना लाई अाफ्नै घरदेखि , छरछिमेकीक र समुदायमा जनचेतना भैलाएर दाईजो प्रथा लेनदेनमा राेक लगाउन अावश्क रहेको बताएका थिएईन  ।

साे कार्यक्रममा अतिथिहरु जनविकास संवाद सहयोग समितिका सदस्य लक्षुमण प्रसाद चाैधरी , खुसि संवाद सहयोग समितिका अध्यक्ष राजमाेहन बरई , विनोद निता कण्डेल अाधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काेईल सहानि , सदस्य गडेश यादव , एविसि नेपालका भाेलेन्टियर जानकि गाैड पत्रकार महेश यादव, उमेश विक लगायतका स्थानिय बासि र किशोर किशोरीहरुकाे सहभागीता रहेको थियो । कार्यक्रम सञ्चालन एविसि नेपालका भाेलेन्टियर दुर्गा बिकले गर्नुभएको थियो ।

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from शिक्षाMore posts in शिक्षा »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *