Press "Enter" to skip to content

बाल ज्योति माविमा भवनसहित कम्प्युटर ल्याबको एकैसाथ उद्घाटन , News of Nepal

बाल ज्योति माध्यमिक विद्यालय बिसुनपुरमा नवनिर्मित विद्यालयको भवनसहित कम्प्युटर ल्याबको एकैसाथ उद्घाटन गरिएको छ । जिल्लाको शिवराज नगरपालिकाको वडा नं. ८ मा शुक्रबार एक कार्यक्रमका बीच शिवराज नगर प्रमुख नेत्रराज अधिकारीले भवनसहित कम्प्युटर ल्याबको उद्घाटन गरिएकाे विद्यालयले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख नेत्रराज अधिकारीले आजको युग प्राविधिक युग भएको बताउँदै कम्प्युटर शिक्षा आजको आधारभूत आवश्यकता भएको बताए । अहिले विद्यालयको शैक्षिक गुणस्तरीयतालाई बृद्धि, विकास र प्रभावकारी बनाउन कम्प्युटर प्रविधि नभई नहुने उनले जनाए ।

समय परिवर्तनसँगै सबै विद्यालय, शैक्षिक संस्थाहरुमा कम्प्युटर शिक्षा अनिवार्य हुनुपर्ने अधिकारीको भनाई छ । विद्यार्थीको आवश्यकता अनुसार विद्यालयले ल्याबको व्यवस्थापन गरेको भन्दै नगर प्रमुख अधिकारीले प्रशंसासमेत गरे ।

यसैबीच विद्यालयले सरस्वती माताको मूर्तिसमेत स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुलचन्द यादवले बताए । उनले विद्यालयको शैक्षिक गुणस्तरीयतालाई मध्यनजर गर्दै बाल विकास केन्द्रमा एल.सी.डी. व्यवस्थापन आर.सी.सी निर्माण र चर्पीमा पानी सप्लाई विषयगत शिक्षक व्यवस्थानसमेत गरिएको अध्यक्ष यादवले जनाए । आगामी दिनमा शैक्षिक स्तरलाई अझै व्यवस्थित गर्दै योजनाबद्ध ढङ्गले अगाडी बढ्दै जाने समेत उनले जिकिर गरे ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from शिक्षाMore posts in शिक्षा »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *