आदर्श माध्यमिक विद्यालय परासीमा विहिबार एक कार्यक्रमको बिच छात्रवुति प्रदान गरिएको छ।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा अवस्थित रहेको आदर्श नमुना माध्यमिक विद्यालयका संस्थापक प्रध्यानाध्यापक स्वर्गीय बम बहादुर प्रधानको स्मुति अक्षयकोषबाट छात्रवृति प्रदान गरिएको छ । शैक्षिक सत्र २०७८मा कक्षा ८,९ र १० का उत्कृष्ट तथा जेहेनदार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको हो । प्रति विद्यार्थी रु ६ हजार नगद र प्रमाणप्रत्र सहित सम्मान गरिएको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रम स्व. बम बहादुर प्रधानका सुपुत्र डा.बिश्वास प्रधानको अध्यक्षता तथा रामग्राम नगरपालिकाको नगर उपप्रमुख सम्झना चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको छ । छात्रवृति कार्यक्रमलाई सम्बोधन गदै उपप्रमुख चौधरीले दृष्ट्रिविहिन विद्यार्थिहरुको छात्रावासमा वाईफाई सेवा प्रदानगर्ने तथा आफ्नो बुवा असोक प्रधान र ससुराबा जनारर्दन चौधरीको स्मुतिमा छुटाछुटै रु ५० हजारको जम्मा १ लाख बराबरको अक्षयकोषको स्थापना गर्ने प्रतिबद्धता पनि जाहेर गर्नु भएको छ ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक दिपक भट्टराईको स्वागत मन्तव्य र समाजसेवी प्रभाकर सिंह थापाको शुभकामना मन्तव्य रहेको विद्यालयका शिक्षक निरज प्रसद ज्ञवालीले जानकारी दिनु भयो ।
डोल्मा
Be First to Comment