Press "Enter" to skip to content

कुर्थावल, Nepal मा छुवाछूत विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर -६ कुर्थावलमा छुवाछूत विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको छ । संवाद सहयोग समितिका अध्यक्ष किरन हरिजनकाे अध्यक्षतामा छुवाछूत विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको हाे ।

एबिसि नेपाल स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र सरावल गाउँपालिकाकाे सहकार्य तथा किसान सवाद केन्द्रकाे अायाेजनामा छुवाछूत विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा बाेल्दै अध्यक्ष हरिजनले छुवाछूत गर्नु एक कानुनि अपराध भएको बताएकी हुन । उहाँले हामी सबैले छुवाछूत विरुद्ध अावाज उठाउन जरुरी भएको बताउदै ठुलाे जात र सानो जात भनी हेप्ने भेदभाव गर्ने प्रवृत्तिमाथि कडा भन्दा कडा कार्वाही गर्नुपर्ने बताउनुभयो । साथै विभिन्न कार्यक्रम मार्फत जनचेतना जगाईरहेका किशोर किशोरीहरुलाई धन्यवाद समेत दिनुभएको थियो ।

kurthawal street drama

 साे कार्यक्रम एविसि नेपालका सुपरभाइजर साईदा निशा पठान , भाेलेन्टियर जानकि गाैड र सरावल गाउँपालिका भित्रका १५ वटा संवाद केन्द्रका एनिमेटर र किशोर किशोरी लगाएत स्थानीय बासिहरुकाे सहयोगीता रहेको थियो ।

Mahesh Yadav

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from शिक्षाMore posts in शिक्षा »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *