Press "Enter" to skip to content

Jay Buddha Club काे ४ हेक्टर जमिनमा ४ हजार बृक्षारोपण अभियान

जय बुद्ध सामाजिक युवा क्लबकाे खेल मैदान परिसरमा ४ हेक्टर जमिनमा ४ हजार बृक्षारोपण गर्ने अभियानको सुरुवात भएको छ । जिल्लाको शिवराज नगरपालिका-१, बेलाैतिकाे काफलबुटामा वडास्तरिय खेलमैदानबाट शनिबार अभियानकाे सुरुवात गरिएकाे हाे ।

बृक्षारोपण गर्दै लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले बृक्षारोपणले खेलमैदानको सौन्दर्यकरण मात्र नभई पर्यावरणीय तवरले समेत सकारात्मक प्रभाव पार्ने बताए । रोपिएका बिरुवाहरुलाई सामाजिक स्तरबाट जगेर्ना गर्न सकारात्मक भूमिका खेल्नुपर्नेमा उनले जाेड दिए । बिरुवा राेप्नु मात्रै ठूलाे काम नभएकाे बताउँदै संरक्षण गर्नु समेत महत्त्वपूर्ण रहेकाे केसीले जनाए ।

क्लबका अध्यक्ष तिलक बहादुर पुनले आर्थिक वर्ष ०७५- ७६ बाटै खेल मैदानलाई वडा स्तरीय खेल मैदानको रुपमा बिकास गर्दै ब्यवस्थित बनाउने उद्देश्य अनुरुप ०७६-७७ मा खेल मैदान जाने कल्भर्ट र ०७७-७८ मा खेल मैदान जाने बाटो र खेल मैदान स्तरोन्नति गर्ने कार्य नगरपालिकाको लगानी र क्लबको श्रमदानमा सम्पन्न भएकाे उनले जनाए ।

jay buddha club

वडा स्तरीय खेल मैदान ३ सय ५० मिटर लम्बाई र १ सय ५० मिटर चौडाइ क्षेत्रफलमा फैलिएको क्षेत्र छुट्ट्याएर तारबार गर्ने र मैदान परिसरमा बृक्षारोपणका लागि मनकामना सामुदायिक बनबाट २०७५ चैत्र १ मा नै सामुदायिक बन व्यवस्थापन समितिबाट निर्णय गरी स्विकृति प्राप्त गरेर मनकामना सामुदायिक बन र जय बुद्ध सामाजिक युवा क्लबको लगानीमा खेल मैदान निर्माण कार्य गरिएकाे अध्यक्ष पुनले जानकारी दिए ।

जय बुद्ध सामाजिक युवा क्लबले खेल गतिविधिमा सक्रिय सहभागिता जनाउनुका साथै आर्थिक, साँस्कृतिक, धार्मिक लगायत हरेक सामाजिक गतिविधिमा सक्रिय समाज परिवर्तनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको क्लबले जनाएकाे छ ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *