Press "Enter" to skip to content

बिपन्नालाइ राहत दिन शिवराज नगरपालिकाको विषेश पहल, Nepal News

कपिलवस्तुको शिवराज नगरपालिकामा गरिब तथा विपन्न घर परिवारलाई कुखुरा खाेर वितरण कार्यक्रम गरिएकाे छ । शिवराज नगरपालिका वडा नं.३, भितरियाका विपन्न ४० घर परिवारलाई खाेर वितरण गरिएकाे कार्यक्रम संयाेजक बिजय सापकोटाले जानकारी दिए । करिब ६ लाखकाे लागतमा निर्माण गरिएको खाेरले विपन्न परिवारलाई आर्थिक टेवा पुग्ने समेत उनले बताए ।

मुख्यमन्त्री ग्रामिण विकास तथा राेजगार कार्यक्रम अन्तर्गत गरिब तथा विपन्न परिवारलाई खाेर वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै शिवराज नगर प्रमुख नेत्रराज अधिकारीले साे परिवार आत्मनिर्भर हुने बताए । पाेकेट क्षेत्र बनाएर विकास गरे राेजगारमा वृद्धि हुनुका साथै आर्थिक सहयाेग पुग्ने उनले जनाए ।

“सुखि नेपाली समृद्ध नेपाल” भन्ने सकारकाे नाराले सार्थकता पाउने बताउँदै पछाडि परेकाे गाउँ मध्ये भितरियालाई छनाैटमा पारिएको अधिकारीले बताए । सरकारले लगानी गरेकाे रकमकाे सहि सदुपयोग गर्ने जनाउँदै पारिवारिक स्तरमा सकारात्मक प्रभाव पर्ने समेत नगर प्रमुख अधिकारीले बताए ।

Shivraj municiplaity

यसैबीच बिहीबार भएकाे खाेर वितरण कार्यक्रममा बाेल्दै शिवराज नगर उप-प्रमुख शिव कुमारी थारुले ऐतिहासिक पर्यटकीय स्थल साेनवागढलाई लक्षित गरि भितरियाका विपन्न नागरिक व्यावसायिक कुखुरा पालन गरि स्वराेजगार हुने बताइन् । ग्रामिण भेगमा बसाेबास गर्ने नागरिकको स्तर माथि उठाउने उद्देश्यले गरिएको लगानी प्रभावकारी हुने विश्वता रहेकाे उनले जिकिर गरिन् ।

पर्यटकीय स्थल रहेकाे साेनवागढ मन्दिर दर्शन गर्नुका साथै पिक्निक जानेहरुकाे संख्यालाई मध्यनजर गरि भितरिया गाउँलाई छनाैट गरिएको समेत उनले प्रष्ट पारिन् । जंगलकाे छेउमा बसाेबास रहेकाे विपन्न परिवार राेजगारीका लागि टाढा गई काम गर्ने बाध्यता हट्नुका साथै गाउँस्तरमै राेजगारीकाे वातावरण सिर्जना हुने थारुले बताइन् ।

https://youtu.be/_m0zUIZsxRA

उक्त कार्यक्रम शिवराज नगरपालिका वडा नं.३ का वडा अध्यक्ष टेकलाल सापकोटाकाे अध्यक्षतामा भएकाे वितरण कार्यक्रममा स्थानीय सूर्या थारुले आफूहरु खाेर पाएमाकाे खुसि व्यक्त गर्दै सहि सदुपयोग गर्ने प्रतिबद्धता समेत उनले जाहेर गरे ।

उनले भने: “पहिला बजारतिर राेजगारका लागि जानुपर्ने बाध्यता थियाे, अब भने घरकाे काम सँगै कुखुरा पालन गरि आत्मनिर्भर हुनेमा विश्व छ ।”

यो नि हेर्नु होस

https://www.youtube.com/watch?v=d_4lw7F6vkk

राम अवतार चाैधरी

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from बिविधMore posts in बिविध »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *