Press "Enter" to skip to content

सरावल गाउँपालिकाद्धारा किसानहरुलाई कृषि उपकरण वितरण, Nepal News

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाद्धारा किसानहरुलाई कृषि उपकरण वितरण गरिएको छ । सरावल गाउँपालिकाले कृषि गर्ने किसानहरुलाई अाज एक कार्यक्रमका बिज कृषि उपकरण वितरण गरिएको हाे ।

सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी र प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलकाे उपस्थितिमा पालिका भित्रका किसानहरुलाई कृषि सामाग्री वितरण गरिएको हाे ।

सरावल गाउँवालिका वडा नम्बर ५ र ६ का कृषकहरुलाई कृषि उपकरण वितरण गरिएको छ । सरावल गाउँपालिका भित्रका सम्पूर्ण किसानहरुलाई सरावल गाउँपालिकाले कृषि अाधुनिकरणकाे विकास गर्नका लागि निशुल्क रुपमा विभिन्न सेवा सुविधा तथा कृषि सामाग्रीहरु उपलब्ध गराउदै अाएकाे र भाेलिकाे दिनमा पनि किसानहरुकाे हितका लागि काम गर्ने र अात्म निर्भर बनाउन सहयोग गर्ने पालिका अध्यक्ष चाैधरीले बताउनुभएको हाे ।

Radheshyam Chaudhary

 किसानहरुलाई कृषि क्षेत्रमा जागरुक र अात्मनिर्भर बनाउनका लागि कृषि गर्ने कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण बितरण गरिएको बताउदै कृषि क्षेत्रलाई अाधुनिकरण र ब्यावसायिकरण तर्फ उन्मुख गर्न र बढि भन्दा बढि उत्पादनमूलक कृषि पकेट क्षेत्र बिकास गर्नकालागि कषि उपकरण वितरण गरिएकाे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पाैडेलले बताउनुभएको थियो ।

सरावल गाउँपालिका वडा नम्बर ६ मा मनकामना बिज विद्धि कृषक समुहद्धारा पम्पसेट १७ वटा ,माेटर ५ वटा स्प्रे टङ्कि ९ वटा ,डिलेबरि ३७० किलाे ,राेटाबेटर १ वटा , पावर टिलर १ थान, सेक्सन पाईप १०० फिट ,डिजिटल काटा १ पिस ,हजारि २०  वटा ,आैषधिहरु ,हाब्राे जाईम ९० पिस ,जिङ्ग सलफेट ३०० किलाे, ग्रिन लेवल ८५ वटा ,जुनुन ५० एमएल ५० थान  ,ग्रिन मिक्स १०० थान ,किटनासक साईफर ५०५ काे १५० थान

,भुसिनासक ७६ पैकेट ,बर्से तरकारीकाे बीउ भिन्डि ,लउका ,बाेडि ,कुर्सानि ,भन्टा ,घिराैला ,टमाटर ,२५ पाेका लगाएको उपकरण तथा अाैषधिहरु किसानहरुलाई वितरण गरिएको हाे ।

यस्तै कृषि बहुमुखी सहकारी कृषक समूह सरावल ५ का कृषकहरुलाई पम्पसेट १४ वटा ,माेटर ६  वटा ,डिलेबरि ५७५ किलाे ,पावर टिलर १ थान ,सेक्सन पाईप ३६० फिट ,फुटबल १२  थान लगाएतकाे कृषि उपकरण वितरण गरिएको छ ।

Nepal News

त्यसैगरी त्रिशक्ति कृषक समूह सरावल-५ का किसानहरुलाई पम्पसेट १५०० अारपिएमकाे १० थान २६०० अारपिएमकाे १० थान डिलेबरि पाइप ३०० किलाे,कृषि माेटर ७ वटा ,फुटबाल ६ थान, राेटाबेटर २ वटा ,सेक्सन पाईब २०० किलाे ,स्प्रे टङ्कि ५ ,कम्पाेष्ट मल १० टालि ,डिएपि ३० कुन्टल , युरिया ३५ कुन्टल ,जिङ्ग २० किलाे , जैविक मल १०० किलाे ,किटनासक साईबर ५०५,१०० ,२५ थान ,ढुसिनासक ४० पैकेट ,झारपातनासक जुनुन ५० एमएल ३५ थान ,हाेडिङ्ग बाेर्ड १ थान लगाएतकाे अाैषधि तथा उपकरण वितरण गरिएको थियोे ।

साे अवसरमा वडा नम्बर ६ का वडा अध्यक्ष कैलाश यादव, कृषि बहुमुखी सहकारी कृषक समूह सरावल ५ का अध्यक्ष कृष्ण जीवन तिवारी त्रिशक्ति कृषक समूह सरावल -५ का अध्यक्ष जाेखु गाैड  लगाएतकाे उपस्थितिमा युक्त कृषक समुहलाई कृषि उपकरण तथा अाैषधि र तरकारीहरु वितरण गरिएको सरावल गाउँपालिका कृषि शाखा प्रमुख कुलदिप मिश्रले जानकारी दिनुभएको हाे ।

महेश यादव

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from बिविधMore posts in बिविध »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *