Press "Enter" to skip to content

निर्माणाधीन शिवगढी जनस्वास्थ्य सेवा केन्द्रलाई युरोपद्वारा १८ लाख बढी सहयोग, Kapilvastu Nepal

कपिलवस्तुको शिवराज नगरपालिका-९, बाँनियाभारमा निर्माणधीन अवस्थामा रहेको शिवगढी जन स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणका लागि सहयोग जुटेकाे छ । नेपाली जन प्रगतिशील मोर्चा यूरोपले सेवा केन्द्रको भवन निर्माणका लागि १८ लाख १५ हजार नेपाली रुपैयाँ सहयोग जुटेको निर्माण समितिले जनाएकाे छ ।

कोरोना महामारीको उच्च जोखिम बढ्दै गएपछि जनताका स्वास्थ्यलाई मध्यनजर गर्दै तत्काल जनस्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउन जरुरी देखिएपछि संक्रमितहरुको उपचारका लागि १५ शैयाको आइशोलेशन एक महिना अगाडि भवन शिलान्यास गरिएको थियाे । आइतबार भर्चुअल बैठक मार्फत नेपाली जन प्रगतिशील मोर्चा यूरोपले नेत्र विक्रम चन्द (विप्लप)लाई उक्त रकम हस्तान्तरण गरिएकाे बताइएको छ ।

भर्चुअल कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लप)ले स्थानीय जनताहरुको सहज उपचारका लागि आइशोलेशन सञ्चालनमा ल्याउनु आवश्यक भएकाे हुनाले यसमा सबैकाे साथ, सहयाेग र सहकार्य अपरिहार्य रहेकाे उनले बताए । अहिले कोरोनाको दोस्रो स्वरुप निकै खतरनाक रहेकोले यो महामारी पुनः कति बेला आउन सक्छ कुनै निश्चित समय नभएकोले यसबाट आफू बच्न र अरुलाई बचाउन आम नागरिकका लागि जिल्लामै सबैभन्दा ठूलो अस्पतालकाे रुपमा निर्माण गर्न लागिएको समेत विप्लवले जनाए ।

अस्पताल निर्माण गर्न विभिन्न संघ संस्था र व्यक्तिहरुले सहयोग गरेको बताउँदै महासचिव विप्लवले नागरिकको स्वास्थ्य सुरक्षा नै अहिलेको पहिलो प्राथमिकता भएको उनले जानकारी दिए । देशभरी कोरोनाको उपचारमा कठिनाई हुँदै गएको अवस्थामा यस महामारीबाट बच्न र स्वास्थ्य सुरक्षा नाजुक बन्दै गएकोले बेला यस विषम परिस्थितिलाई सामना गर्न तत्काल अस्पताल निर्माण गर्नुकाे विकल्प नरहेको विप्लवले बताए ।

सञ्चालनमा आएको अस्पताललाई अझ विस्तार गर्दै प्रभावकारी सेवा प्रदान गर्न पार्टीले सरकारसँग पहल गर्ने प्रतिवद्धता समेत महासचिव चन्दले व्यक्त गरे । कोरोना संक्रमणबाट सिकिस्त भएर अस्पताल जाँदा अस्पतालमा बेड नपाइने समस्या रहेकोले कोरोनाको छिटो भन्दा छिटो सुविधा सम्पन्न अस्पताल निर्माणको काम तीव्र रुपमा अघि बढाइएको जनाउँदै स्थानीयले चाँडै नै यस स्वास्थ्य केन्द्रबाट सहज रुपमा सेवा लिने उनले जनाए ।

जनताका सेवाका लागि निर्माणधीन अवस्थामा रहेको केन्द्र सुविधा सम्पन्न निर्माण गर्न विदेशबाट आर्थिक सहयोग जुटाउन लागि पर्ने नेपाली जन प्रगतिशील मोर्चा यूरोपका परिवारलाई धन्यवाद दिँदै स्वास्थ्य नै ठुलो धन हो भन्दै अस्पताल निर्माणमा सहयोग अहम भूमिका निर्वाह गरेको भन्दै महासचिव विप्लवले प्रशंसा गरे ।

जन स्वास्थ्य सेवा केन्द्र निर्माण समितिका अध्यक्ष यादव चन्दको अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लप) को प्रमुख आतिथ्यता रहेको केन्द्र निर्माण प्रचार प्रसारका संयोजक बिक्रम केसीले बताए । यसरी नै हरेक कार्यमा हातेमालो गर्दै जाने हो कुनै पनि काम असम्भव नरहेको भन्दै जिल्ला इन्चार्ज, शिवगढी गाउँ कमिटी इन्चार्ज पाबेल, युवा संगठन जिल्ला अध्यक्ष बादल लगायत केन्द्रीय, प्रदेश र जिल्ला स्तरका नेता, कार्यकर्ता तथा समर्थक, जनसमुदाय, समाजेवी, बुद्धिजीवी लगायत दर्जनौं व्यक्तित्वले कार्यक्रमलाई सम्बाेधन गरेका थिए ।

राम अवतार चाैधरी                                               

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from बिविधMore posts in बिविध »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *