Press "Enter" to skip to content

Kapilvastu साझेदारी वनले जिल्लाको ४ पालिकाकाे उपभोक्तालाई बिरुवा वितरण गर्ने

कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिले निर्माण गरेकाे नर्सरी अनुगमन गरिएको छ । वनले महाराजगन्ज नगरपालिकामा रहेकाे नर्सरीमा एक लाख ५० हजार बिरुवा उत्पादन गरेकाे समितिले जनाएको छ ।

नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य लगायत जिल्लाका सक्रिय पत्रकार र वनका पदाधिकारीकाे टाेलीद्वारा साेमबार वनले नर्सरीमा उत्पादन गरेका बिरुवा लगायतकाे गतिविधि अनुगमन गरिएकाे हाे ।

साझेदारीको नर्सरीमा टिकका बिरुवा १ लाख, बकाइनो, इपिल, गुल्ममोहर, खयर, मसला, तेजपता लगायत अन्य प्रजातिका ५० हजार गरी कुल १ लाख ५० हजार बिरुवाहरु उत्पादन गरिएकाे सहायक वन अधिकृत एजाज अन्सारीले जानकारी दिए ।

उक्त वनले उत्पादन गरेको बिरुवाहरु जिल्लाको महाराजगन्ज, शिवराज, बुद्धभुमि र कृष्णनगरका २१ वटा वडाका १६ हजार घरधुरीका उपभोक्ताहरुलाई नि:शुल्क रुपमा असारकाे पहिलो सातादेखि वितरण कार्य सुरु गरिने उनले जनाए । वनले महाराजगन्ज नगरपालिकाकाे वडा नं ११ बलरमवापुरमा १० कठ्ठा जग्गा लिजमा लिइ आरा मिल लगाउने तयारी भैरहेको समेत अधिकृत अन्सारीले बताए ।

Kapilvastu News Nepal

साझेदारी वनले नर्सरीमा उत्पादन गरेकाे विभिन्न प्रजातिका बिरुवा तथा जग्गा लिजमा लिइ आरा मिल लगाउने तयारी भैरहेकाे लगायत गतिविधिकाे अनुगमन गर्दै वनले उत्पादित बिरुवाहरु उपभोक्ताले वृक्षारोपण गरी वनलाई हरभरा बनाउन अध्यक्ष गंगेशनाथ तिवारीले आग्रह गरे । वनमा उत्पादन भएका बिरुवाहरु काट्न गर्न मात्रै जागरुक नभई रोप्नमा पनि जागरुक हुनुपर्नेमा उनले जोड दिए ।

बिरुवा वृक्षारोपण गरे वातावरण हरियाली हुनु मात्र नभई अक्सिजन बढाउनुमा समेत मद्दत पुग्ने तिवारीले बताए । पछिल्लो समय बढी नै वन विनाश भएकाेले वृक्षारोपण गरेर वातावरणीय सन्तुलन काय गर्नु सबैकाे दायित्व रहेकाे समेत उनले जिकिर गरे ।

https://youtu.be/LSbtGxG2keg

साझेदारी वन अन्तर्गत महाराजगन्ज नगरपालिकाका ११ वडा, शिवराजका ४ वटा वडा, बुद्धभुमिका ४ वटा वडा र कृष्णनगर नगरपालिकाका २ वटा वडाका गरि कुल २१ वटा वडाका उपभोक्तालाई बिरुवा वितरण गरिने उनले बताए । सरकारले काठ वितरणमा रोक लगाएपछि अहिले साझेदारीमा गाेलिया र कुकाठ गरि २३ हजार क्युफिट मात्रै काठ वितरण गर्न बाँकी रहेको अध्यक्ष तिवारीले जानकारी दिए ।

राम अवतार चाैधरी

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from बिविधMore posts in बिविध »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *