Press "Enter" to skip to content

किन र कति बिरुवाहरू Shivraj, Nepal मा उत्पादन गरियो

शिवराज साझेदारी वन व्यवस्थापन उपभोक्ता समितिले १ लाख भन्दा बढी बिरुवा उत्पादन गरेको छ । जिल्लाको शिवराज नगरपालिका-५, चन्द्राैटामा रहेको घाटगद्दी नजिकै विभिन्न प्रजातिका विरुवाहरु उत्पादन गरिएको समितिले जनाएकाे छ ।

साझेदारीको नर्सरीमा टिकका विरुवा १ लाख २ सय ५८, बकाइनो ६२५, इपिल ९७९, गोल्ममोहर ६६, खयर ७७२५, मसला ७१७९, तेजपता ३५४६ गरी कुल १ लाख २० हजार ३७८ विरुवाहरु उत्पादन गरिएकाे व्यवस्थापन समितिले जनाएकाे छ ।

उक्त उत्पादन गरेको विरुवाहरु उपभोक्तालाई नि:शुल्क रुपमा वितरण गरिने सहायक वन अधिकृत प्रेमशंकर गुप्ताले जानकारी दिए । उत्पादित विरुवाहरु असार पहिलो हप्तादेखि वितरण कार्य सुरु गरिने गुप्ताले बताए ।

उक्त समितिका अध्यक्ष जगदम्बा प्रसाद चाैधरी सहित पत्रकारकाे टाेली आइतबार साझेदारी वनले उत्पादन गरेकाे बिरुवा, नर्सरी र घाटद्दीकाे अनुगमन गर्दै वनले उत्पादन गरेको विरुवाहरु उपभोक्ताले वृक्षारोपण गरी वनलाई हरभरा बनाउन अध्यक्ष चाैधरीले आग्रह गरे ।

Shivraj kapilvastu Nepal

वनमा उत्पादन भएका बिरुवाहरु काट्न गर्न मात्रै जागरुक नभई रोप्नमा पनि जागरुक हुनुपर्नेमा समेत उनले जोड दिए ।

साझेदारी वन अन्तर्गत शिवराज नगरपालिकाका ५ वटा वडा र कृष्णनगर नगरपालिकाका ३ वटा वडाका उपभोक्तालाई विरुवा वितरण गरिने चाैधरीले जनाए ।

सरकारले काठ वितरणमा रोक लगाएपछि अहिले साझेदारीमा १० हजार क्युफिट मात्रै काठ वितरण गर्न बाँकी रहेको अध्यक्ष चाैधरीले जानकारी दिए ।

राम अवतार चाैधरी

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from बिविधMore posts in बिविध »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *