पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा कृषि उपकरण बितरण गरिएको छ ।
सरावल गाउँपालिकाद्धारा कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ ।
किसानहरुलाई कृषि कार्य गर्न सहज र कृषि आधुनिकीकरण गर्नका लागि गाउँपालिकाले कृषि उपकरण वितरण गरेको हो ।
गाउँपालिकाको वार्षिक कार्यक्रम याेजना अन्तर्गत २२ थान पम्पसेट र ४५ थान मोटर वितरण गर्ने योजना अनुसार साेमवार पहिलो चरणमा ८ वटा पम्पसेट र २६ थान मोटर वितरण गरिएको र बाँकी केही दिनमा थप उपकरण वितरण गरिने कृषि शाखा प्रमुख कुलदीप मिश्रले जानकारी दिनुभएको हाे।
किसानहरुलाई कृषि क्षेत्रमा जागरुक र अात्मनिर्भर बनाउनका लागि कृषि गर्ने कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण बितरण गरिएको बताउदै कृषि क्षेत्रलाई अाधुनिकरण र ब्यावसायिकरण तर्फ उन्मुख गर्न र बढि भन्दा बढि उत्पादनमूलक कृषि पकेट क्षेत्र बिकास गर्नकालागि कषि उपकरण वितरण गरिएकाे गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरिले बताउनुभएको थियो ।
सरावल गाउँपालिकाकाे चालु अावकाे वार्षिक कार्यक्रमकाे याेजना अनुसार किसानहरुलाई कृषि उपकरणमा पचास प्रतिशत अनुदान र प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गतको पचास प्रतिशत अनुदानमा कृषकहरुलाई कृषि उपकरण वितरण गरिएको हाे।
महेश यादव
Be First to Comment