Press "Enter" to skip to content

शिवराजमा १५ शेयाकाे अस्पताल निर्माण गरिने, जग्गादाता बढ्दै

कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत १५ शैयाको अस्पताल निर्माण हुने भएकाे छ । नगरपालिकाले अस्पताल निर्माण गर्ने नागरिकलाई सूचना भएपछि जग्गादाता बढिरहेको बताइएको छ ।

केहि दिन अघि शिवराज नगरपालिका वडा नं. २ क्षेत्रमा टिकाराम पाण्डे र शिवराज नगरपालिका ५ कुदरबेटवामा ईश्वरी पाण्डेले जग्गा प्रदान गर्ने भन्दै नगरपालिकामा पत्र बुझाइएकाे नगरपालिकाले जनाएकाे छ । नगर कार्य समितिको बैठकले चन्द्रौटा क्षेत्रमा जग्गा प्राप्त भएमा छलफल गरि टुंगाउने यदि नभएमा शिवराज २ मा अस्पताल गर्ने निर्माण गर्ने नगर प्रमुख नेत्रराज अधिकारीले जानकारी दिए ।

बुधबार शिवराज नगरपालिका ५, चन्द्रौटामा १० जनाले प्रतिव्यक्ति एक कठ्ठाका दरले १० कठ्ठा अस्पताल निर्माण गर्न जग्गा दिने भन्दै नगरपालिकामा पुगेका थिए । शिवराज नगरपालिकाको हालको कार्यालय देखि झण्डै ६ सय मिटर दक्षिण पर्सिया क्षेत्रमा उनीहरुले जग्गा दिन ईच्छुक रहेका नगर प्रमुख अधिकारीले बताए ।

Kapilvastu Nepal News

अस्पताल निर्माणको लागि तीन स्थानमा जग्गा दिन जग्गादाता ईच्छुक रहेको प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्यालले बताए। कुन स्थान छनोट गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए । नागरिकहरुलाई पायक पर्ने गरि नगरले स्थान छनोट गरि टुंगो लगाउने समेत अधिकृत अर्यालले जनाए । उनले भने “असार मसान्तसम्म जग्गा पास गरि ०७८-०७९ मा अस्पताल निर्माण कार्य सुरु गरिने छ” ।

महाेहम्मद तौफिक खां सहित १० जनाकाे टाेलीले झण्डै चार करोड बराबरको जग्गा दिने निर्णय गरेको एक स्थानियले बताए । शिवराज नगरपालिका कार्यालयको भवन निर्माणमा विवाद भइरहेको बेला फेरी अस्पताल निर्माणमा पनि विवाद नगर्न नगरवासीहरुले आग्रह गरेका छन् ।

राम अवतार चाैधरी

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from शिक्षाMore posts in शिक्षा »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *