Press "Enter" to skip to content

आखिर किन बने ठेला ,मन्दिर र मदरसा जनचेतनाकाे माध्यम :एविसि नेपालका सुपरभाइजर बरई र अार्या

नवलपरासी, नेपाल: पश्चिम नवलपरासीमा नयाँ भेरियन्ट सहितको काेराेना भाईरसकाे संक्रमण बढ्दै गएपछि नवलपरासीका किशोर किशोरीहरुले एविसि नेपालकाे अार्थिक सहयोगमा काेराेना बाट बचने उपाय र सावधानीकाे विषयमा जिङ्गल बनाई नया माध्यम द्धारा जनचेतना फैलाउदै छन ।

 पश्चिम नवलपरासीमा काेराेना भाईरसकाे संक्रमण र मृत्यु दर बढ्दै गएपछि काेराेना बाट बचनका लागि नवलपरासीका नागरिकहरुमा ठेला,मन्दिर र मदरसाबाट जिङ्गल प्रसारण गरि जनचेतना जगाई रहेको छन । साउण्ड पिकर चाेँगामा काेराेना बाट बच्ने सावधानीका उपाय र नियमहरुकाे जिङ्गल प्रसारण गरि अाम नागरिकहरुलाई किशोर किशोरीहरुले सचेत गराई रहेका  छन।

काेराेना भाईरसकाे विषम परिस्थितिमा मानिसहरुकाे अति अावश्क काम बाहेक अावत जावत गर्नमा राेक लगाउनका लागि नेपाल सरकारले जारि गरेको निषेधाज्ञा लाई पालन गर्दै काेराेना बाट  नवलपरासीका मानिसहरुलाई सचेत गराउनका लागि ठेला मन्दिर मदरसामा लगाईकाे साउण्ड सिस्टम र चाेगाबाट जिङ्गल प्रसारण गरि जनचेतना जगाइ रहेको एविसि नेपलका सुपरभाइजर राजमन बरईले बताउनुभयाे ।

उहाँ काेराेना भाईरसकाे विषम परिस्थितिमा कतिपय पत्रपत्रिका र विभिन्न सुचनाका माध्यम बन्द भईसकेकाे हुदा अाम जनसमुदायमा भएको ठेला मन्दिर र मदरसामा अा अाफ्नाे धर्मका कार्यका लागि प्रयाेग गरिने साउण्ड चाेगाबाट अाम जनसमुदायको साथ सहयोगमा काेराेना बाट बचने उपायबारे जिङ्गल प्रसारण गरि जनचेतना जगाई रहेको सुपरभाइजर बरईले बताउनुभएको हाे ।

latest news of nepal

नवलपरासीकाे सरावल गाउँपालिका,सुस्ता गाउँपालिका र पाल्हिनन्दन गाउँपालिकामा एविसि नेपाल द्धारा सञ्चालित संवाद केन्द्र र सञ्जालका सम्पूर्ण किशोर किशोरी र तिनका अभिभावकहरुमा जनचेतना जगाउदै काेराेना बाट वचन र स्वास्थ्य सतर्कता अपनाउन एविसि नेपालका सुपरभाइजर राजेश अार्याले अाम जनसमुदायमा अनुरोध गर्नुभएको थियो ।

साथै नवलपरासी जिल्लाका अन्य पालिका भित्र पनि काेराेनाबाट संक्रमित हुने र ज्यान गुमाउनेकाे संख्या समेत बढिरहेको हुदा पालिका भित्र बसाेबास गर्ने सम्पूर्ण गाउँपालिका बासिलाई स्वास्थ्य सतर्कता अपनाई अति अावश्क काम बाहेक घर बाहिर ननिस्कन र घरमै बस्न सुपरभाइजर अार्याले अाग्रह समेत गर्नु भएको हाे।

महेश यादव

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from बिविधMore posts in बिविध »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *