Press "Enter" to skip to content

ठेक्का नभएकाे खाेलाबाट करोडौँको नदीजन्य पदार्थ चोरी निकासी, News of Nepal

कपिलवस्तुको शिवराज नगरपालिकाको सुरही नदीबाट करोडौँको नदीजन्य पदार्थ उत्खनन् गरी चोरी निकासी गरिएको पाइएको छ । नगरपालिकाको वडा नं. १ र ९ नं. सिमानामा पर्ने सुरही नदीबाट नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा तथा मिस्कट चोरी निकासी गरिएको स्थानीयले गुनासो गरेकाे छन् ।

स्थानीयले चोरी निकासी भइरहेको सूचना पाएपछि वडा कार्यालय र वडा प्रहरी कार्यालय चन्द्रौटामा निवेदनसमेत दिँदा बेवास्ता गरेको भन्दै स्थानीय नागरिकले सोमबार सुरही नदीको अनुगमन समेत गरेका छन् । अनुगमनको क्रममा दर्जनौँ ट्रेक्टरहरुमा नदीजन्य पदार्थ लोड भइरहेको उनीहरुले बताए । यसरी दिउँसै दर्जनौँ ट्रेक्टरबाट अबैद्य रुपमा करोडौँको नदीजन्य पदार्थ चोरी निकासी भई रहँदा पनि सम्बन्धित निकायले कुनै कारवाही नगरेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

शिवराज नगरपालिकाले सुरही नदी नजिकै रहेको जोकोही खोलालाई ठेक्कामा दिएको भए पनि जोकोही खोलाको माल भएको भन्दै ठेकेदारले रोयल्टीसमेत काटेको पाइएको स्थानीय प्रकाश थापाले बताए । उनले भने “यिनी चोर ठेकेदार, दलालहरु भ्रष्टचारीहरुका कारण राज्यका मुल्यावन् सम्पत्तिहरु संरक्षण हुन नसकेको हो, यस्तालाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकाय किन मौन छ ?” । “वास्तवमा यस कार्यमा सबैको मिलेमतो नै रहेको देखिन्छ” उनले भने । सुरही खोलामा अबैद्य नदीजन्य पदार्थ उत्खनन् गर्ने शृङ्खला नरोकिएपछि अनुगमन गरिएको स्थानीयबासी दिल माया बाठा मगरले बताइन् । नदी दोहन कार्यलाई रोकथामका लागि स्थानीयले मात्र के कति गुनासो गर्ने र ध्यानाकर्षण गराई रहने भन्दै मगरले दु:खसमेत व्यक्त गरिन् ।

यता ठेकेदार पक्षले आफूहरुले सम्झौता, मापदण्ड विपरीत र अबैधरुपमा नदी उत्खनन् नगरेको दाबी गरेको छ । स्थानीयले ठेकेदारकाे मिलेमतो रहेकाे गुनासाे गर्दै आए पनि आफूहरूकाे संलग्नता नरहेको ठेकेदार पक्षले जनाएकाे छ ।

वडा नं. १ का अध्यक्ष जगत बहादुर जिसीले वडामा गुनासाे आएकाे बताउँदै पटक -पटक अनुगमन पनि गरेकाे र नगरपालिकामा जानकारी गराएकाे बताए । उनले ठेकेदारलाई चिठीसमेत लेखी पठाएकाे बताए । चाेरी निकासी गरेका ट्रेक्टरकाे राेयल्टी नकाट्न भने पनि ठेकेदारले मनपरी गरेकाे गुनासाे आएकाे उनले बताए ।

यस्तै वडा नं. ९ का अध्यक्ष चूर बहादुर खड्काले जुन खाेलामा ठेक्का पाएकाे हाे त्यसैमा मात्र काराेबार गर्न पाइने अन्य खाेलाबाट नदीजन्य पदार्थ चाेरी गरेका तस्करलाई कानुनी दायरमा ल्याई कारवाही गर्नुपर्ने माग गरे ।

nepal land mafia

वडा प्रहरी कार्यालय चन्द्राैटाका प्रहरी निरिक्षक शंकर आचार्यले आफुलाई सूचना भएसम्म एक्शन लिएको बताउँदै गैरकानुनी कार्य गर्नेलाई कारवाहीकाे प्रक्रिया अघि बढाउने बताए । याे चाेरी निकासी कार्यले सबैलाई समस्या निम्त्याएकोले आगामी दिनमा यस्ता गतिविधिलाई नियन्त्रण गर्नका लागि स्थानीय नागरिक, समाजसेवीहरूकाे साथ सहयोगकाे जरूरी रहेकाे उनले बताए । प्रहरी निरीक्षक आचार्यले भने “सबैले हातेमालो गर्दै जाने हाे भने हामीले पनि नियन्त्रण गर्न सजिलो हुन्छ” ।

शिवराज नगर प्रमुख नेत्रराज अधिकारीले ठेकेदारले सम्झौता, मापदण्ड विपरीतका अबैद्य चोरी तस्कारी गरेको संलग्नता रहेको पाइएमा कानुन बमोजिम कारवाही गरिने बताए । ठेकेदारले मनपरी गरेकाे हाे भने आवश्यक प्रक्रिया अघि बढाउने उनले बताए । उनले भने “गैरकानुनी तवरबाट चोरी गर्नु कसैलाई छुट छैन” । नगर प्रमुख अधिकारीले तुरुन्त अनुगमन कार्यलाई निरन्तरता दिने बताए ।

मंसिर १७ गते नगरपालिकासँग सम्झौता भई काम सुरु गरेको खड्का काष्ठ फर्निचर सप्लायर्सले नदीजन्य पदार्थ उत्खनन् गरेको छ । यस भन्दा पहिला पनि ठेकेदारले खोलामा मापदण्ड विपरीतका मेसेनरी औजार प्रयोग गरिएको र पछि उक्त औजारहरु हटाइएको जनाइएको छ । ३२ लाखमा सम्झौता भएको उक्त खोलाबाट ४ हजार पाँच सय घन मिटर मात्र निकाल्न पाईने सूचना पाटीमा उल्लेख गरिएको छ ।

ठेकेदार कम्पनीले उत्खनन् गरेपछि त्यसको अनुगमन तथा निरीक्षण गर्नुपर्ने नगरपालिकाको स्थानीयबाासीबाट आएको गुनासोमा कुनै चासो नदेखाउँदा उनीहरूको मिलोमतो रहेको आशङ्का स्थानीयबासीले गरेका छन् । जिल्लाका पश्चिमी तथा विकट क्षेत्रमा लागेका नदीजन्य पदार्थको ठेक्कामा जिल्ला समन्वय समिति कपिलवस्तुको पनि कमजोरी देखिएको गुनासो गरेका छन् ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *