Press "Enter" to skip to content

बुद्धभुमिका आमा समूहलाई आँखा उपचार सम्बन्धि तालिम , News of Nepal

छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जले कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा आँखा उपचार सम्बन्धि एकदिने तालिम सम्पन्न गरेको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जको आयोजना र नर्वेजियन नेत्रहीन तथा अल्प दृष्टियुक्त संघ (एन.एब.बी.पी.), नर्वेको आर्थिक सहयोगमा बुद्धभुमि नगरपालिकामा आमा समूहहरुको लागि सञ्चालित एक दिने प्राथमिक आँखा उपचार तालिम आइतबार सम्पन्न भएको आयाेजकले जनाएको छ ।

बुद्धभुमी नगरपालिका प्रमुख केशब कुमार श्रेष्ठले तालिमलाई सम्बाेधन गर्दै अन्धोपन न्युनिकरणको सवालमा आँखा अस्पतालसँगको सहकार्यलाई आगामी दिनहरुमा अझ घनिभुत तरिकाले अगाडि बढाउने बताए । आमा समूहका सहभागीहरुलाई आफूले सिकेको सीपलाई व्यवहारमा उतार्न उनले आग्रह गरे ।

त्यस्तै नगर उप-प्रमुख मीरा थारुले तालिम सफलताको शुभकामना मन्तव्य व्यक्त गर्दै अन्धोपन न्युनिकरणमा स्थानीय निकायको सहयोग जारी रहने प्रतिबद्धता जाहेर गरिन । यसैबीच नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले मन्तव्यको क्रममा आँखा अस्पताल र नगरपालिका बीचको सहकार्यलाई निरन्तरता दिने उल्लेख गर्दै नगरपालिकामा शुरुवात गरिएको जनाउँदै साप्ताहिक आँखा उपचार क्लिनिकमा स्थानीयहरु लाभान्वित भइरहेको र आमा समूहले यसको थप प्रचार प्रसार गरेर घर-घरमा यसको सन्देश लिएर जानु पर्नेमा पाैडेलले जाेड दिए ।

eye treatment

आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख मेडिकल डाइरेक्टर डा.सुलक्ष्मी कटुवालको अध्यक्षतामा भएकाे तालिममा छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले सञ्चालन गरेका थिए । साथै तालिममा बुद्धभुमि नगरपालिकाका विभिन्न वडाका १८ जना सहभागीहरुलाई ओपेन्द्र चन्दले प्रशिक्षण दिएकाे अस्पताल प्रशासनले जनाएको छ ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *