Press "Enter" to skip to content

चन्द्राैटामा बन्दकार्ता माथि दादागिरी शैलीमा दमन, News of Nepal

नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले गरेकाे नेपाल बन्दका क्रममा प्रहरीले बन्दकर्ता माथि दमन गरेकाे छ । जिल्लाको शिवराज-५, चन्द्राैटामा पार्टी नेता, कार्यकर्ता, महिला, विद्यार्थी लगायत लाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । मंगलबार नेपाल बन्द गर्न उत्रिएका बन्दकार्ता माथि दादागिरी शैलीमा दमन गरिएको आयाेजकले जनाएको छ ।

नेकपाकाे गृह जिल्ला समेत रहेकाे बन्दका क्रममा महिला सहित दर्जनौं नेता कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । पेट्रोलियम पदार्थ तथा एलपि ग्यासकाे भएको चर्को मुल्य बृद्धिका विरुद्धमा नेकपा चन्द्रौटाका नेता कार्यकार्ताले गत कार्तिक २५ गते देखि नै चर्को अवाज उठाउँदै आएका छन् । चन्द्रौटा स्थित चैनपुरमा टायर बलेर बन्द गर्न बध्य भएको साथै प्रहरीले दमन हस्ताक्षेप गरे यस आन्दोलनले फरक रुप लिन सक्ने जनाउँदै जसकाे जवाफदेही प्रहरी हुने नेकपाले चेतावनी दिएको छ ।

पेट्रोलियम पदार्थकाे भएकाे मूल्यवृद्धि बिरूद्व नेकपाले गरेको नेपाल बन्दको क्रममा कपिलवस्तु जिल्ला भित्रका यातायात, बजार क्षेत्र, औद्योगिक क्षेत्र, शैक्षिक संस्था, होटल व्यवसायहरु बन्द रहेका छन् । नेकपा विहानै देखि शान्तिपूर्ण रुपले पेट्रोलियम पदार्थ र खाद्यवस्तुकाे भएकाे चर्को मूल्यवृद्धि विरुद्ध नारा लगाएका छन् । सडकहरुमा गाडीहरु चलेका छैनन् । लामा र छोटा दुरीका सबै यातायातका सवारी साधनहरु समेत बन्द रहेका छन् ।

Nepal Banda

बन्दकर्ताहरु राजमार्ग र बजार क्षेत्रमा बसेर मूल्यवृद्धिबारे जनतालाई सचेत गराइरहेका छन् । नेपाल बन्दको समर्थन गर्दै मजदुर, किसान, सुकुम्बासी, विद्यार्थी लगायत सडकमा उत्रिएर मूल्यवृद्धि विरुद्ध नारा लगाइरहेका छन् । बन्दको क्रममा अत्यावश्यक एम्बुलेन्स, दम्कल, दुधको गाडीलाई सञ्चालनमा रहेका छन् । बन्द साँझ ५ बजेपछि खुलेकाे छ ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *