Press "Enter" to skip to content

सबकाे देखा बार बार जनमत पार्टी अबकि बार : प्रमुख अतिथि चाैधरी , News of Nepal

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर -६ कुर्थावलमा जनमत पार्टीको संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ । जनमत पार्टीका वडा कमिटी अध्यक्ष श्यामकेवल यादवकाे अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य बालगाेविन्द चाैधरीकाे प्रमुख अतिथतामा संगठन विस्तार कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि चाैधरीले सबकाे देखा बार बार जनमत पार्टी अबकि बार , समुदायिक स्वराज लायंगे दस लाख राेजगारि दिलावायंगे लगाएतका नाराका साथ मधेसी जनताको हकअधिकारकाे लागि जनमत पार्टी लाई साथ सहयोग गर्न र विजय हासिल गराउन जनताहरुमा अाग्रह समेत गर्नुभयो । उहाँले मधेसि जनताले वर्षाै देखि खेप्नुपरेको दुख पिडा र गुमाउनु परेको हकअधिकार पाउनकाे लागि जनमत पार्टीलाई विजय हासिल गराउनु पर्नेमा जाेड दिए ।

janmat party nepal

मधेस र मधेसी जनताकाे लागि करोडौं रुपैयाँको जागिर छाडेर डाक्टर चन्द्रकान्त राउत ( सिके ) ले मधेस र मधेसी जनताको लागि नेपाल अाएर जनताको हकअधिकारकाे लागि दिनरात कार्यगरिरहेकाे प्रमख अतिथि चाैधरीले बताए । उहाँले यश पालि मधेसी जनताको हकअधिकारका लागि जनमत पार्टीलाई विजय हासिल गराउन अावश्यक रहेको बताए ।

संगठन विस्तार कार्यक्रममा पार्टी जिल्ला सहसचिव अशोक कुमार चाैधरी , जिल्ला सदस्य अखिलेश त्रिपाठी , सरावल गाउँपालिका कमिटी अध्यक्ष कृष्णकान्त चाैधरी ,राजेन्द्र राजभर ,वडा नम्बर ६ का वडा कमिटी सचिव जगरनाथ गुप्ता ,सदस्य काेठारि गुप्ता ,पाल्हिनन्दन गाउँपालिका कमिटी सचिव सिकेन्द्र प्रसाद चाैधरी , लगाएतका अतिथिहरुले मन्तव्य समेत दिएका थिए । गाउँबासिहरुकाे उपस्थितिमा भएको कार्यक्रम सञ्चालन अावाज जनमत संघका संयाेजक शैलेश कुमार चाैधरीले गर्नुभएको थियो ।

Mahesh Yadav

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *