कपिलवस्तुमा उद्योगहरूसँग श्रम तथा राेजगारी ऐन र अडिट सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । जिल्लाको शिवराज-५, चन्द्राैटामा शनिबार चन्द्रौटा उद्योग वाणिज्य संघको समन्वय, श्रम तथा रोजगार कार्यालय बुटवलको आयोजनामा श्रम ऐन तथा अडिट सम्बन्धि विद्यमान कानुनी प्रावधान आवश्यकता र महत्व सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको आयाेजकले जनाएको छ ।
श्रम तथा रोजगार कार्यालय बुटवल शाखा अधिकृत दामोदर ज्ञवालीले उद्योगीहरुलाई प्रशिक्षण प्रशिक्षण दिँदै इजाजत पत्र नलिई आपुर्ती गर्ने र काममा लगाउने दुवैलाई दुईलाख जरिवानाकाे व्यवस्था रहेकाे बताए । उनले रोजगार सम्झौता नगरी काममा लगाउनेलाई प्रति कामदार १० हजारका दरले जरिवाना गरि सम्झौता एवम् नियुक्ती गर्न आदेश दिने र न्युनतम पारिश्रमिक भन्दा कम पारिश्रमिक दिई काममा लगाउनेलाई दोब्बर सम्म जरिवाना भराई दिने लगायत कर्मचारीलाई बाधा विरोध गर्नेलाई २० हजार सम्म जरिवाना तिराउने निणर्य गरिएको अधिकृत ज्ञवालीले जानकारी दिए ।
चन्द्राैटा उद्योग वाणिज्य संघ कपिलवस्तुका बरिष्ट उपाध्यक्ष ईश्वरी पाण्डेले कार्यक्रम निकै प्रभावकारी रहेकोले उद्योगहरुलाई कानुनी प्रावधान सम्वन्धि तथा उद्योगसँग सम्बन्धित कुरा बुझ्न सहज भएकोले यस्ता खालका कार्यक्रम आगमी दिनमा समेत सञ्चालन गर्न आग्रह गरे । श्रम तथा अडिट ऐन सम्बन्धि कानुनी प्रक्रिया थाहा नहुँदा उद्योग सञ्चालनमा कठिनाइ हुँदै आएकाे बताउँदै अब भने अन्तरक्रियाले सहज बनाउने जनाए । कानुनी प्रावधानलाई मध्यनजर गर्दै उद्योगहरू सञ्चालन गर्नुपर्ने प्रतिबद्धता जाहेर गर्दै श्रमिक तथा व्यवस्थापकलाई सरकारले सामाजिक सुरक्षा समेत ध्यानदिनु जरुरी रहेकाे उपाध्यक्ष पाण्डेले बताए ।
कार्यक्रम श्रम तथा रोजगार कार्यालय बुटवलका प्रमुख केशवराज भट्टराईको, अधिकृत दामाेदर ज्ञवाली, चन्द्राैटा उद्योग वाणिज्य संघ कपिलवस्तुका बरिष्ठ उपाध्यक्ष ईश्वरी पाण्डे, महासचिव दमन भाट क्षेत्री, कमल पौडेल, टिकाराम घिमिरे लगायत स्थानीय ३० भन्दा बढी उद्योगीहरुको सहभागिता रहेको थियो ।
Ram Abatar Chaudhary
Be First to Comment