Press "Enter" to skip to content

आठौँ राष्ट्रिय परिवार नियोजन दिवस नवलपरासी लगाएत देशैभर विविध कार्यक्रम, News of Nepal

कोभिड १९ को महामारी, परिवार योजना सेवामा सबैको पहुंच बराबरी, भन्ने मुल नारा सहित आठौँ राष्ट्रिय परिवार नियोजन दिवस नवलपरासी लगाएत देशैभर विविध कार्यक्रम गरि मनाइएको छ ।

यसैबीच, अस्ट्रेलियन एडको आर्थिक सहयोग र युनाइटेट मिसन टु नेपाल तथा ईन्द्रेणी समाजिक विकास मञ्च पञ्चनगरको साझेदारीमा सञ्चालित एकिकृत ग्रामिण समुदाय स्वास्थ्य परियोजना अन्र्तगत प्रतापपुर गाउपालिकाको आयोजनामा खोप र परिवार नियोजनको एकिकृत सेवा विस्तार उद्घाटन कार्यक्रम प्रतापपुर स्वास्थ्य चौकी परिसरमा शनिबारसम्पन्न भएको छ ।

pratappur nepal 2

प्रतापपुर स्वास्स्थ्य शाखाका निमित्त शाखा प्रमुख विनोद कुमार कोहारको अध्यक्षता तथा मञ्चका कार्यकारी निर्देशक बद्री प्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पालिकाका सवस्थ्यकर्मी र सरोकारवालाहरुलाई कार्यक्रम कसरी सञ्चालन गर्ने, तथ्यांकलाई अध्यावधिक कसरी गर्ने विषयमा सहजिकरण समेत गरिएको थियो ।

प्रतापपुर गाउपालिकाबाट एकिकृत परिवार नियोजन सेवा सञ्चालनका लागी दिवसको अवसर पारेर सो सेवा उद्टान गरिएको छ । परियोजनाले प्रतापपुरको गुठिसुर्यपुरा र बैदौलीका दु्ई वटा स्वास्थ्य चौकी र पाल्हीनन्दनको हरपुर स्वास्थ्य चौकीका खोप कार्यकर्ता र स्वास्थ्यकर्मीहरुलाई यस अगावै तालिम प्रदान गरिएको थियो ।

Ramu Bhusal

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from बिविधMore posts in बिविध »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *