Press "Enter" to skip to content

खै कहाँ छ न्याय ? चन्द्रौटा घटनाकाे चौध बर्ष बितिसक्दा पनि पिडितले पाएनन् न्याय, News of Nepal

चन्द्रौटा घटना घटेको चौधा बर्ष बितिसक्दा पिडितले न्याय पाएकाे छैनन् । विगतका बर्षहरुमा भाद्रको ३० गतेका दिनलाई कालो दिनको रुपमा स्मरण गर्दै आए पनि केही बर्ष देखि यो दिनलाई स्मरण मात्र गरिदैँ आइएको छ ।

२०६४ भाद्र ३० गतेका दिन अज्ञात समूहको गोली प्रहारबाट स्थानिय समाजसेवी अब्दुल मोइद खाँको मृत्यु पछि चन्द्रौटा लगायतका क्षेत्रमा सम्प्रदायिक हिंसा भड्किएको थियो । अज्ञात समूहको गोली हानेर हत्या भएका खाँ कुदरवेटवाका हुन् । कुदरवेटवा मुस्लिम बाहुल्य गाउँ हो । जहाँ घटना भएको चार-पाँच वर्षपछिसम्म पनि पहाडी समुदायका व्यक्ति जान डराउँथे । किनकी खाँलाई ढाका टोपी लगाएको व्यक्तिले गोली हानेको हल्ला फैलिएको थियो । तर, हत्यामा संलग्न व्यक्ति को हो एकीन भएको छैन । कतिपयले माओवादीले हत्या गरेको पनि बताए । माओवादीले भने त्यसको खण्डन गर्दै आएको छ ।

साे घटनामा १४ जनाको हत्या, ७ सय बढि पसल, घरटहरा लुटपाट, आगजनी भएको थियो भने ३ सय बढि सवारी साधनमा आगजनी गरिएको थियो । घटना अनुसन्धान गर्न सरकारले पूर्व न्यायधिश लोकेन्द्र मल्लिकको संयोजकत्वमा आयोग गठन गरेको थियो ।

आयोगले सवारी साधन बाहेक करिब ४ करोड बढि क्षति भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदनलाई आधार मान्दै साविकका ८ गाविसका ३ हजार बढि घटना पीडितले क्षतिपूर्ति माग गर्दै आएका छन् ।

chandrauta incident

धार्मिक वा जातीय दंगा भड्किने डरले स्थानीय प्रशासनले सो वरपरको क्षेत्रलाई सुरक्षाको हिसाबले संवेदनशील मानेको थियो । मुस्लिम गाउँ कुदरवेटवा गाउँमा पहाडे मुलका व्यक्तिहरु जानै डराउँथे । त्यसैले स्थानीय प्रशासनले पनि सो क्षेत्र वरपरमा छुट्टै सुरक्षा टोली परिचालन गर्दथ्यो । सुरक्षा टोलीमा नेपाली सेना पनि हुन्थे । विगत चार-पाँच वर्षयता सुरक्षाकर्मी परिचालन गर्न छाडिएको छ ।

हिंसात्मक घटना भएको १४ बर्ष वित्दा कपिलवस्तुमा धेरै परिवर्तन भइसकेको छ । अहिले भारतीय सीमा बढनी भन्दा करिब २० किलोमिटर उत्तरमा पर्ने चन्द्रौटा सद्भावको शहरको रुपमा विकसित भइरहेको छ । पहाडी, मधेसी र आदिवासी जनजाती समुदायका मानिसहरु मिलेर बस्दै आएका छन् ।

भारतीय सीमा नजिक भएकाले स्थानीय प्रशासनले चन्द्रौटालाई विशेष सुरक्षा संयन्त्रमा भने राखेको छ । सुरक्षा सुनिश्चितता र सद्भाव बढ्दै गएपछि चन्द्रौटामा बसाइ सर्नेको चाप पनि उत्तिकै छ । खासगरी अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा लगायतका पहाडी जिल्लाबाट सयौंको संख्यामा मानिस चन्द्रौटामा बसाइ सरेका छन् र व्यापार व्यावसायमा फस्टाउँदै आएका छन् ।

चन्द्रौटा बजारमा पछिल्लो समय धैरे उद्योेग, कलकारखाना, शैक्षिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्थाहरु स्थापित भई सञ्चालन हुँदै आएका छन् । प्रशासनले भरपर्दो सुरक्षा व्यवस्था कायम गरेपछि पूर्वाधारको विकास र धार्मिक सद्भाव पनि कायम भएको स्थानीय बताउँछन् । उक्त घटनाको १४ बर्ष पुगिसक्दा पनि पीडितहरुले क्षतिपूर्ति नपाउँदा राज्यको न्याय तथा सरकारको आश्वासनबाट विश्वास उठिसकेको स्थानीय पीडित बताउँछन् । घटना पछिका हरेक वर्षहरुमा घटना पिडितहरुले भाद्र ३० गतेलाई कालाे दिनकाे रुपमा स्मरण गर्दै आएका छन् ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *