कपिलवस्तुमा ९ बर्षिय एक बालिकालाई करणी गरेको आरोपमा प्रहरीद्वारा भारतीय नागरिकलाई पक्राउ गरिएकाे छ ।
भारतको उत्तर प्रदेश घर भई हाल शिवराज नगरपालिका-५, डिहवा बस्ने अन्दाजी ४० वर्षीय नविन हुसेन अन्सारीलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक शंकर आचार्यले जानकारी दिए ।
प्रहरीका अनुसार अन्सारी १२ वर्ष देखि चन्द्रौटा क्षेत्रमा बस्दै आएका थिए । करणी पश्चात फरार रहेका उनलाई २२ गते नै पक्राउ गरिएको निरिक्षक आचार्यले बताए ।
अहिले मुद्धा दर्ता गरी अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ । अन्सारीले ती बालिकालाई भदौ २१ गते रातको समयमा पैसा दिने प्रलोभनमा पारी जवरजस्ती करणी गरेको पिडित परिवारको भनाई छ ।
Ram Abatar Chaudhary
Be First to Comment