Press "Enter" to skip to content

म कुनै पार्टी मा सम्लग्न छैन, मैले रहत पाइन, पीडित लामिछाने , News of Nepal

अविरल बर्षा भइरहेको बखत जुनसुकै प्राणीले सुरक्षित बासस्थान खाेज्छ । अझ मानिसकाे सन्दर्भ जाेड्दै गर्दा आफ्नो निजी सुरक्षित बासस्थान नभए छिमेकी राेज्छ । यस्तै पीडा भाेग्दै आएकाे छ कपिलवस्तुको पूर्व रहटकाेल सुकुम्बासी टाेलमा बसाेबास गर्दै आएकाे लामिछाने परिवार । घटना भदौ १९ गतेको हो । ११ महिने छोरीलाई तेल लगाइदिँदै थिइन् नन्दकली लामिछाने, फुसको छानो माटोको भित्तो रहेको उनको घरमा आमाछोरी मात्र थिए । अविरल बर्षा परेकोले घरको भित्तो पानीले गलेपछि घर एक्कासी गर्ल्यामगुर्लुम ढल्यो, छोरीलाई काखमा च्याप्दै उनी हत्तारीदैँ बाहिर निस्कीन् । छोरीको टाउकोमा चोट लागेछ भने आमाको शरिरमा पनि चोट देखियो । “दिउसोको समय भएर बाच्यौँ, रातीको समय भए सायद हामी बाच्दैनथ्यौं होला,” नन्दकलीले भनिन् ।

जिल्लाको शिवराज नगरपालिका-५, पूर्व रहटकोलको सुकुम्वासी बस्तीमा बस्दै आएका ज्ञानेन्द्र लामिछाने अहिले घरवार विहिन भएका छन् । बाउबाजेको कुनै सम्पती नभएका उनी यस क्षेत्रमा आएर सुकुम्वासीको रुपमा बस्दै आएका छन् । वर्षातको समयमा वर्षेनि पिरलो हुने लामिछानेको परिवार अहिले छिमेकीको घरमा बस्दै आएका छन् । घरमा रहेको केहि लत्ताकपडा निकाली छिमेकीको घरमा राखेर सहयोगको अपिल गर्दै वडा कार्यालय नगरपालिकामा भौतारिरहेका छन् ।

lamichhane

झण्डै ७ वर्ष माओवादी जनयुद्धमा प्रत्येक्ष रुपमा संम्लग्न रहेका लामिछाने बुवा बिरामी भएपछि विदा लिएर बुवाको हेरचाह तर्फ उनी लागे । केहि महिनामै बुबाको मृत्यु पश्चात रोजगारीका शिलशिलामा लामिछाने भारत गए । भारतमा झण्डै ३ वर्ष बिताएका उनी नेपाल आएर चन्द्रौटा स्थायी बसोवास स्थान बनाएका छन् । कृषि विकास बैंकबाट ऋण लिएर बाख्रा पालन गरेका उनले अहिले जेनतन बैंकको व्याज तिरिरहेका छन् । लामिछानेकोे अहिले घर भत्किएपछि बनाउन उनीसँग पैसा छैन् । वडा न ५ कार्यलयमा पुगि सहयोग लागि अपिल गरे । वडा कार्यालयले नगरपालिकालाई सहयोग गरिदिन पत्र लेख्यो ।

२२ गते मंगलबार नगरपालिका पुगेका लामिछाने नगरपालिकाको जवाफ सुनेपछि निराश हुँदै फर्किए । बाढी पहिराेले मानिसको मृत्यु भएमा मात्र सहयोग गरिने जवाफ आएपछि उनी दुखि गरिबहरु नमरेसम्म सहयोग नपाइने दुखेसो पोख्छन् । “दुई वर्ष देखि नगरपालिकामा टिन माग गरेका छौँ, अहिले सम्म टिन पाउन सकेका छैनौँ” लामिछाने भने, “राजनिति अस्थाकै भरमा प्रत्येक वर्ष टिन वितरण हुने गर्दछ, हामी कुनै पार्टीमा आवाज निति अस्थाकै भरमा प्रत्येक वर्ष टिन वितरण हुने गर्दछ,हामी कुनै पार्टीमा आवद्ध नहुँदा पाउन सकेनौ ।”

लामिछानेको मात्र होइन उनको घर सँग सटेको अमर रानाको घर पनि भत्किने अवस्थामा छ । राना परिवारको टाटिले बारेको घर पानीले टाटी भत्काएपछि अहिले पलाष्टिहरुले बेरेर बसेका छन् । पहिलो चरणमा खाद्यान्यहरु सहयाेग गर्न सकिने र जस्ता पाता मागेको खण्डमा निर्णय गरेर जस्तापाता पनि नगरपालिकाले उपलब्ध गराउने अधिकारीले बताए । नागरिकहरुकै सेवामा तत्पर रहेको बताउँदै नगरप्रमुख अधिकारीले पिडितले नियम पुरा गरी नगरमा माग गरेको खण्डमा सहयोग उपलब्ध गराउने उनले बताए । घर भत्किएर खान र बस्न बास नभएको खण्डमा वडाको सिफारीसमा विपत व्यवस्थापन समितिले राहत प्रदान गर्ने नगरप्रमुख नेत्रराज अधिकारीको भनाई छ ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *