चन्द्राैटा(कपिलवस्तु): पुस्ताैँ पुस्तादेखि तरकारी खेतीमा निर्भर बन्दै आएका कृषक अहिले मर्कामा पर्दै आएका छन् । काेराेना महामारीले मानवीय जीवनशैली नै अस्तव्यस्त बनेकाे बखत हरेक क्षेत्र प्रभावित हुनु स्वाभाविक देखिन्छ ।
विश्व नै काेभिडसँग सामाना गर्दै अगाडि बढे पनि आम नागरिक देखि नेता सम्म सबैकाे जीवन चलाउन तरकारी अपरिहार्य मानिन्छ । हुन त नेपाललाई हरेक देशले कृषि प्रदान मुलुक भनेर चिन्ने गर्दछ ।
विडम्बना मिहिनेत धेरै हुने काममा आम्दानी थाेरै हुन्छ । यस्तै कथा र व्यथा बाेकेका कपिलवस्तुकाे शिवराज नगरपालिका-३, साेनवर्षीका कृषक महेन्द्र केवटले पुस्ताै देखि तरकारी खेतीपातीमा निर्भर हुँदै आएकाे बताउँछन् ।
१८ कठ्ठा रहेकाे आफ्नै जग्गामा विगत चार पुस्ता देखि तरकारी पेशामा निर्भर रहँदै आएका केवट परिवारले पछिल्लो समय निकै पिडा खेप्दै आएकाे सुनाए । काेराेना महामारी सुरु भए सँगै तरकारी उत्पादन गर्ने तर उचित मुल्य नपाएकै कारण खेर जानुका साथै सस्तोमा बेच्न बाध्य रहेकाे केवटले बताए । बार्षिक ५ लाख भन्दा बढी आम्दानी गर्दै दैनिकी चलाउँदै आएकाे परिवार आहिले बिचल्ली परेकाे उनले जनाए ।
पानीकाे व्यवस्था राम्रो नभए पनि तरकारी खेतीको लागि जेनतेन सानाे खर्चमा नलकाले काम चलाउँदै आएकाे बताए । उनले पुस्ताैँ पुस्ता देखि नै याे पेशा अंगालेर यहाँ पुग्दा अहिले सम्म कहिँ कतैबाट भने अनुदान नपाएकाे बताए ।
आफूले उत्पादन गरेकाे तरकारी बजारमा राम्राे मूल्यमा नपाउँदा जीवन जिउन कष्टकर भैरहेकाे केवटले बताए । स्थानीय निकायले बजारकाे उचित व्यवस्थापन नगर्दा लकडाउनकाे समयमा कुहियर खेर गएकाे जनाउँदै कतिपय स्थानीय लगायत फुटकर व्यापरीले घरबाटै केही मात्रामा लैजाने गरेकाे उनले बताए ।
काेराेना महामारीकाे विषम परिस्थितिलाई नियाल्दै आफ्नै खेतबारीमा तरकारी खेती गर्दै आएकाे कृषक केवटले जिकिर गरे । उनीसँगै उनका गाउँमा व्यावसायिक खेती गर्दै आएकाे राम जित केवटकाे समेत महेन्द्र जस्तै पीडा भाेग्दै आएकाे बताए ।
स्थानीय सरकारबाट आफूहरूलाई उन्नत जातकाे तरकारीको बिउबिजन, मलखाद र अनुदान लगायत सामाग्री सहज र सुलभ तवरले उपलब्ध गराइदिए साे पेशा प्रति लभाम्भित हुने उनीहरु बताउँछन् ।
उनीहरू भन्छन् : हामी तरकारी उत्पादन गर्दा लागत बढी पर्न जान्छ र भारतसँग सिमाना जाेडिएका कारण भारतीय व्यापारीले सस्ताेमा दिँदा आफूहरु चपेटामा परेकाे गुनासाे पाेखे ।
स्थानीय सरकारले समेत यस बिषयमा गम्भीरतापूर्वक हेरि दिए वातावरण केही सहज हुने विश्वास व्यक्त गरे । साथै अन्तर्राष्ट्रिय तरकारी अायत दर कम गरि स्थानीय उत्पादनलाई प्राथमिकता दिनु जरुरी रहेकाे किसानहरुकाे भनाई छ ।
राम अवतार चाैधरी
Be First to Comment