Press "Enter" to skip to content

अरु पनि राजनैतिक अवसर हुँदाहुँदै किन यि पुर्व गा. वि. स अध्यक्षले चुने राष्ट्रिय जनमोर्चा ? News of Nepal

कपिलवस्तुको विजयनगर गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि पूर्व गाविस अध्यक्ष सहित ५५ जना राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । शुक्रबार विजयनगर वडा नं ६, जुटपानीमा आयाेजित एक कार्यक्रममा पार्टी प्रवेश गरेकाे राजमाेले जनाएको छ ।

बिक्रम सम्बत २०५४ को स्थानीय तहकाे निर्वाचनमा स्वतन्त्रबाट विजय भएका विजयनगर वडा नं ६, जुटपानीका खुरहुरिया पूर्व गाविस अध्यक्ष अमृत यादव (मन्त्राज) सहित राजमाे प्रवेश गरेका ५५ जनालाई अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार केर सिंह अदैले सदस्यता प्रदान गरेकाे विजयनगर कमिटीलेका अध्यक्ष गाेपाल सुनारले जानकारी दिए । नयाँ प्रवेश गरेका पूर्व अध्यक्ष यादवले आफू राष्ट्रिय जनमोर्चाको नीति कार्यक्रम र संघर्षबाट प्रवाहित भएको बताउँदै इमान्दारीताका साथै सामाजिक गतिविधिमा सक्रिय भुमिका निर्वाह गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

यसैबीच नव प्रवेश गरेका सदस्यहरूलाई अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तुक केन्द्रीय सदस्य केर सिंह अदै, नेकपा मसालका जिल्ला प्रवक्ता छबिलाल गैरे लगायतले बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दै देशको तत्कालीन राजनीतिक परिस्थिति, राष्ट्रिय जनमोर्चाको नीति कार्यक्रम, राष्ट्रियता, एमसीसी सम्झौताको विरुद्ध संघर्ष बारेमा प्रष्ट पारे । यस्तै राष्ट्रिय जनमोर्चामा प्रवेश गरेकालाई राष्ट्रिय जनमोर्चा विजयनगर गाउँपालिका वडा नं १ का अध्यक्ष प्रभु यादव, वडा नं ५ का खदेरु पासी, वडा नं ६ का अध्यक्ष पतेश्वरी यादव, वडा नं ७ का राम समारे कोरी ले बधाई दिँदै राष्ट्रिय जनमोर्चा विजयनगर मजबूत हुँदै गएको जिकिर गरे ।

राष्ट्रिय जनमोर्चा विजय नगरगाउँपालिकाका अध्यक्ष गोपाल सुनारको अध्यक्षतामा भएकाे कार्यक्रममा अखिल नेपाल किसान महासंघ का केन्द्रीय उपाध्यक्ष शिव पौडेल, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लकार केर सिंह अदै , नेकपा मसाल कपिलवस्तु जिल्ला प्रवक्ता छबिलाल गैरे लगायतले कार्यक्रम सम्बाेधन गरेका थिए ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *