Press "Enter" to skip to content

के यो राजनैतिक स्टंट मात्र हो? होइन भने प्रतिबद्धता पक्कै पूर्ण हुनेछ, नागरिकहरुकाे जीवनस्तर उठाउन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले नागरिकहरुकाे जीवनस्तर उठाउन प्रदेश सरकार प्रतिबद्ध भएकाे बताएका छन् । जसपा साँस्कृतिक महासंघकाे आयाेजनामा जिल्लाकाे चन्द्राैटामा बुधबार आयाेजित मन्त्री स्वागत तथा सम्मान समारोह कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री केसीले यस्ताे बताएका हुन् ।

अहिलेको सरकारले समाजवादको रक्षा गर्नुका साथै नागरिकहरुको जिवनस्तर उठाउन लागि पर्ने प्रतिबद्ध भएकाे उनले बताए । मन्त्री केसीले मानव सुचांकमा पछाडि परेको जिल्लालाई अहिलेको सरकारले विशेष प्राथमिकता दिँदै सबै क्षेत्रमा विकास गर्ने जनाए । तिलौराकोट जस्ता धार्मिक तथा पर्यटकिय स्थलहरु कपिलवस्तुमै रहेकोले यहाँको विकासको लागि सरकारले भौतिक पुर्वधार मन्त्रालय कपिलवस्तुलाई दिएकाे उनले बताए ।

कार्यक्रममा बाेल्दै मुख्यमन्त्री केसीले गरिबीको अभावमा पिल्सिएका जनतामा कायापलट नआउँदा सम्म तीन तहको सरकारको कुनै औचत्य नरहेको प्रष्ट पारे । संघियताको अर्थलाई सावित गर्न नसक्दा प्रतिगमनकारीहरुले टाउको उठाउन सक्ने भएकोले सबै सचेत हुन आवश्यक रहेको उनले जिकिर गरे ।

पूर्व प्रधानमन्त्री ओली तर्फ ईकित गर्दै मुख्यमन्त्री केसीले संविधान मास्ने प्रयास गर्ने तत्व आफै परास्त हुने टिप्पणी गरे । संविधान र लोकतन्त्रको रक्षा गर्ने सबैको दायित्व रहेकोले संविधानका कतिपय बुँदाहरुलाई परिमार्जन गर्दै गठबन्धन सरकार अघि बढने उनले बताए । मुख्यमन्त्री केसीले जनता समाजवादी पार्टीलाई फुटाउन ठुलो शक्ति लागि परेको पनि स्मरण गर्दै तानशाहले केहि अवसरवादीहरुलाई प्रयोग गरेर आधिकारीक जसपा माथि प्रहार गरेको बताए ।

kul prasad kc Nepal

यस भन्दा अगाडिको सरकारले तीन वर्षमा गर्न नसकेको काम अहिलेको सरकारले छ महिनामा गर्ने प्रतिवद्धता उनले जनाए । यस्तै भौतिक तथा पुर्वधार विकास मन्त्री सहसराम यादवले कपिलवस्तु जिल्लामा विकासले फड्को मार्ने उनले दाबी गरे । जिल्लामा कतिपय योजनाहरु अलपत्र रहेकोले ती योजनालाई यसै वर्ष पुरा गर्ने लक्ष्य सहित योजना अघि बढेको यादवले उल्लेख गरे ।

युवा नेता रहिश शाहको संयाेजकत्वमा भएको कार्यक्रममा विना विभागिय मन्त्री पुरमती ढेगा मगर, सुमन शर्मा रायमाझी लगायतले सम्बोधन गरे । त्यसैगरी कृष्ण कुमार चौधरीको स्वागत मन्तव्य, जसपा प्रदेश अध्यक्ष अशोक यादव, प्रदेश प्रवक्ता अक्रम पठान लगायतले मन्तव्य जाेडेका थिए ।

kul prasad kc kapilvastu

त्यसैबीच जनता समाजवादी पार्टी कपिलवस्तुका जिल्ला उपाध्यक्ष राम निवास पुरीकाे नेतृत्वमा लुम्बिनी प्रदेश सरकारसँग याेजना माग गरिएको छ । महासंघद्वारा आयाेजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीलाई माग पत्र हस्तान्तरण गरिएको छ ।

कपिलवस्तुकाे समग्र विकासका आधारमा जिल्लाकै पछाडि परेकाे बिजयनगर गाउँपालिका रहेकाे अवगत गराउँदै गाउँपालिकालाई लक्षित गरि स्वास्थ्य, शिक्षा, कृषि पूर्वाधार र समाजिक लगायतको क्षेत्रमा टेवा पुग्ने याेजना तथा कार्यक्रम ल्याउन माग पत्रमा उल्लेख गरिएको छ । पालिकालाई टेवा पुग्ने जिल्ला विकास समितिबाट सञ्चालित याेजनाहरुकाे स्वामित्व लुम्बिनी प्रदेशले लिइ बाँकी अधुरा याेजना प्रदेशमा समावेश गरि दिन प्रदेश सरकार समक्ष आग्रह समेत गरिएको छ ।

माग पत्रमा प्रदेशका मुख्यमन्त्री केसीलाई सम्बाेधन गरि बहादुरगञ्ज झिंगह सडक खण्डमा पुल निर्माण हुनुपर्ने, जवभारी पठ्ठरदैया विरनगर सडक बन्नुपर्ने, बिजयनगरकाे जवाबैराठ पुग्ने सडक बन्नुपर्ने, विजयनगरमा स्नातक तहकाे कक्षा सञ्चालनको पूर्वाधार व्यवस्थापन गर्नुपर्ने र विद्यालय शिक्षक दरबन्दी पूरा गर्नुपर्ने लगायतको माग पत्रमा उल्लेख गरिएको जसपा जिल्ला उपाध्यक्ष पुरीले जानकारी दिए ।

राम अवतार चाैधरी

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *