Press "Enter" to skip to content

पशुपालक संघले बुझायो नगरप्रमुखलाई ज्ञापन पत्र, News of Nepal

शिवराज पशुपालक किसान संघद्वारा शिवराज नगरप्रमुख नेत्रराज अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ । कपिलवस्तुकाे शिवराज नगरपालिकामा मंगलबार एक कार्यक्रमको आयाेजना गरि अधिकारीलाई ज्ञापन पत्र बुझाइएको किसान संघले जनाएकाे छ ।

व्यावसायिक रुपमा पशुपालन गरिरहेका किसानहरुलाई नगरपालिकाले सम्बोधन नगरेको भन्दै ज्ञापन पत्र बुझाइएकाे संघका अध्यक्ष राजु खरालले जानकारी दिए । मागका विषयमा सम्बाेधन नगरिए चरणवद्ध आन्दोलन गर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्रमा व्यावसायिक किसानको अलग पहिचान गरि सम्वोधन हुनुपर्ने, उत्पादनमा आधारित (दुध मासु) मा अनुदानको व्यावस्था हुनुपर्ने र पशु नस्ल सुधार कार्यक्रम प्रभावकारी नभएकाले प्रभावकारी बनाउनुपर्ने माग रहेकाे छ ।

animal husbandry association nepal

व्यावसायिक किसानको लागि कम्तिमा एक जना पशु प्राविधिकको व्यवस्था गरिनुपर्ने, किसानहरुको विषयमा निति तथा कार्यक्रम बनाउँदा किसान संघको प्रतिनिधिहरु सँग छलफल गरि बनाउने व्यवस्था बनाउन नगरप्रमुखलाई ध्यानर्कषण गराइएको शिवराज पशुपालक किसान संघका अध्यक्ष खरालले बताए ।

यस्तै ज्ञापन पत्र बुझ्दै नगरप्रमुख अधिकारीले किसानहरुका माग सम्बोधन गर्न नगर तत्पर रहेको उल्लेख गरे । उत्पादनको आधारमा किसानहरुलाई अनुदान दिन यस वर्षमा योजना राखेको जनाउँदै नस्ल सुधार कार्यक्रम प्रभावकारी बनाउन अधिकारीले जाेड दिने जनाए । स्थानिय तहमा जनप्रतिनिधि आए पश्चात किसानहरुका अधिंकाश मागहरु सम्बोधन गरिएको र अब व्यावसायिक किसानहरुलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता समेत उनले जाहेर गरे ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from बिविधMore posts in बिविध »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *