Press "Enter" to skip to content

ट्राफिक प्रहरीद्वारा २८ हजार सवारी कारबाहीबाट झन्डै २ कराेड राजस्व संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले झन्डै २ कराेड राजस्व संकलन गरेकाे छ । गत आर्थिक वर्ष ०७७/७८ मा २८ हजार ७ सय ८८ सवारी साधनलाई कारबाही गरि राजस्व संकलन गरिएकाे हाे । ट्राफिक नियम उलंघन गरी सञ्चालनमा रहेको सवारीलाई कारबाही गरिएकाे प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरीले गत आर्थिक बर्ष ०७७/७८ मा २८ हजार ७ सय ८८ सवारी साधनलाई कारबाही गरेवापत १ कराेड ७८ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरी निरीक्षक दिलिप क्षेत्रीले जानकारी दिए । प्रहरी निरीक्षक क्षेत्रीका अनुसार आर्थिक वर्ष ०७६/७७ मा कूल १६ हजार ८७ सवारी कारबाहीमा परेका थिए, जसबाट ८८ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको थियो । जसको तुलनामा १२ हजार ७०१ सवारी कारबाहीमा पर्ने संख्यमा वृद्धि आएको देखिन्छ ।

सवारी कारबाही भएका मध्ये सबैभन्दा बढी ट्रक रहेका छन् । ट्रक मात्र २१ हजार ७ सय ८३ वटा कारबाहीमा परेका छन् । भने दोस्रोमा मोटरसाईकल ३ हजार २ सय ८८ वटा कारबाहीमा परेका छन् । त्यसैगरीे कारबाहीमा परेका जीप र कार २ हजार २ सय ९१ वटा, बस ४ सय ७१ वटा रहेका छन् । भने ट्रेक्टर ६ सय ८३ र अटोरिक्सा २ सय ७२ वटा गरि कूल २८ हजार ७ सय ८८ सवारी कारबाहीमा परेकोे प्रहरी निरीक्षक क्षेत्रीले बताए ।

लकडाउनले प्रभावित हँदा अ.व. ०७६/७७ मा राजस्व घटेकाे थियाे । त्यसपछि लकडाउन खुकुलो भएसँगै सवारी चाप बढ्दै गएकाेले आर्थिक बर्ष ०७७/७८ कारबाही सवारी संख्या र राजस्व संकलन बढ्नु स्वाभाविक रहेको प्रहरी नायब निरीक्षक हरि बहादुर जिसीले बताए । सबै सवारी साधनका अ-आफ्ना समिति तथा नीति नियम रहेकाले सवारीले नियम उलंघन गरे उनीहरुले दोहोरो जरिवाना तिर्नुपर्ने व्यवस्था रहेकाे उनकाे भनाइ छ ।

ट्राफिक नियम उलङ्घन गरी सार्वजनिक यातायातमा सिट भन्दा बढी यात्रु बोक्नु, कागजात नवीकरण नगरेकाे, हेल्मेट प्रयाेग नगरेकाे, ओभरलोड र मापदण्ड विपरीत कार्य गरेकाे सवारीलाई कारबाही गरि राजस्व संकलन गरिएको निरीक्षक जिसीले जानकारी दिए ।

प्रहरीका अनुसार गत अ.व. ०७७/७८ मा १ सय ३२ सडक दुर्घटना भएकाेमा ७४ जनाकाे मृत्युु भएकाे छ । भने १ सय ४७ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ । त्यसैगरी ३ हजार ८ सय ५० जनचेतनामूलक प्रशिक्षण कार्यक्रम भएकाे छ । २ हजार ६ सय ३० पर्चा पम्प्लेट वितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु गोरुसिङ्गेले जनाएको छ ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from बिविधMore posts in बिविध »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *