Press "Enter" to skip to content

चंद्रौटामा सडक अतिक्रमित संरचना हटाउन कानूनी कारबाही शुरू, Nepal News

स्थानीयले सूचना कार्यान्वयन नगरेकाे भन्दै केही दिन पहिले समाचार प्रकाशित भएपछि चन्द्राैटा बजार बिहीबार अनुगमन गरिएको छ । शिवराज नगरपालिकाकी उप-प्रमुख शिवकुमारी थारुको नेतृत्वमा बजार अनुगमन गरिएको जनाइएको छ ।

शिवराज नगरपालिकाद्वारा गत असार २३ गते एक हप्ताको समय दिँदै सडकमा रहेका संरचना हटाउन सूचना जारी गरिएको थियो । तेस्राे साता वितिसक्दा पनि कार्यान्वयन हुन सकेको थिएन । चन्द्रौटा क्षेत्र आसपासमा रहेका बजार क्षेत्रको राजमार्गमा सडक अतिक्रमण गरी निर्माण गरी सामाग्री राख्ने, पसल व्यावसाय गर्ने, अटो व्यावसाय सञ्चालन गरी सडक अवरुद्द हुने गरी सवारी पार्क गरी राख्ने, ठेलामा व्यावसाय गर्ने राजमार्गमा सडक मिचेर बनाइएको संरचना हटाउन निर्दैशन दिइएको छ ।

shiv kumari tharu

पटकपटक लिखित सूचना जारी गर्दा पनि स्थानीय व्यवसायीले अटेर गरेको भन्दै शिवराज नगरपालिकाले आक्रमक रुपमा प्रस्तुत भएको बताइएको छ । सूचनालाई बेवास्था गर्दै सडक अतिक्रमण गरी व्यापार गरेपछि बजारलाई स्वास्थ्य हराभरा बनाउन पहिलो पटक अनुगमन गरिएको शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी थारुले जानकारी दिइन् ।

यस्तै सडक अतिक्रमणका कारण दिनप्रतिदिन दुर्घटना बढ्दै गएकाेले अतिक्रमित संरचना हटाउन सूचना प्रकाशित गरेका थियौं सूचनाको वेवास्ता भएपछि आफै खटिएर हटाउन निर्देशन दिइएको वडा अध्यक्ष अर्जुन बहादुर पाण्डेले बताए ।

नगरपालिकाले पटक पटक अतिक्रमित संरचना हटाउन अनुरोध गर्दा पनि अटेर गरिरहेको हुँदा नगर उप-प्रमुुख शिवकुमारी थारु, वडा न ५ का वडा अध्यक्ष अर्जुन बहादुर पाण्डे, वडा सदस्य खगि सुनार, शिवराज नगर शिक्षा शाखा प्रमुख लोकराज पन्थी, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल र वडा प्रहरी कार्यालय चन्द्रौटा लगायतको टोलीले अनुगमन गरेकाे थियाे ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *