Press "Enter" to skip to content

भारतीय सशस्त्र सीमा सुरक्षा बल (बीएसएफ) द्वारा निर्दोष नेपालीको हत्या , कारबाहीको लागी विरोध प्रदर्शन

नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा (बिप्लव) द्वारा बेपत्ता जयसिंह धामी हत्याको बिरोध प्रदर्शन गरिएकाे छ । शनिबार चन्द्रौटामा नेकपा बिप्लवले उक्त घटनाको नेपाल सरकारले छानबिन गर्नुपर्ने भन्दै बिरोध गरेकाे शिवराज नगर कमिटीले जनाएकाे छ ।

दार्चुलास्थित महाकाली नदी तर्ने क्रममा व्यास गाउँपालिका वडा नं.२ का जयसिंह धामी बगेका थिए । उनी नेपालबाट भारत जाने क्रममा तुइन तर्ने क्रममा महाकालीमा बगेका हुन् । प्रत्यक्षदर्शीका अनुसार तुइनमा महाकाली तरिरहेको बेला भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीले तुइन काट्दा घटना भएको हाे ।

चन्दाैटा सशस्त्र प्रहरी चेक पाेवाईन्ट देखि नगरपालिका सम्म र्याली परिक्रमा गरि चाेकमा काेण सभामा परिणत भएकाे थियाे । सभा कार्यक्रममा बाेल्ने अधिकांश वक्ताले नेपालमा क्रमबद्ध तरिकाले आक्रमण भइ रहेकाे जनाउँदै दु:खद घटनाप्रति सचेत बनी सरकारले पिडित न्याय पाउने गरि निस्पक्ष छानबिन गर्नु जरुरी रहेकाे उल्लेख गरेका थिए ।

Indian army killed nepali

भारत सरकारलाई उक्त घटनामा सहभागीलाई कारबाही गर्न, सरकारले भारतसँग उक्त विषयमा कुरा उठाउन भनेर ध्यानाकर्षण समेत गराइएको विप्लव केन्द्रीय कार्यालय जिल्ला शाखा सेक्रेटरी नारायण चन्दले जानकारी दिए ।

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *