Press "Enter" to skip to content

विप्लवकाे अस्पताल र कार्यालय व्यवस्थापनकाे लागि ४ लाख कतार र बहराइन बाट सहयाेग

अस्पताल र कार्यालय व्यवस्थापनकाे लागि सहयाेग हस्तान्तरण तथा महासचिव विप्लवबाट प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । जिल्लाको शिवराज नगरपालिका-९, शिवगढीमा शुक्रबार आयाेजित भर्चुअल मिटिङ मार्फत रकम हस्तान्तरण र प्रशिक्षण कार्यक्रम गरिएकाे विप्लवले जनाएकाे छ ।

नेपाली जन प्रगतिशील मोर्चा कतार र बहराइनले नेकपा केन्द्रिय कार्यालय भवन निर्माण लागि ४ लाख नेपाली रुपैयाँ सहयोग गरेको छ । शिवगढीमा निर्माणधीन अवस्थामा रहेको नेकपा केन्द्रीय कार्यालय भवन निर्माणका लागि सहयोग गरेका हुन् । भर्चुअल मार्फत नेपाली जन प्रगतिशील मोर्चा कतार र बहराइनले नेत्र विक्रम चन्द विप्लपलाई उक्त रकम हस्तान्तरण गरेकाे छ ।

भर्चुअल कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लप) ले स्थानीय जनताहरुको सहज र नेकपा पार्टी सम्पर्क कार्यालय सञ्चालनमा ल्याउनु सराहनीय भएकाे उल्लेख गरे । अहिले कोरोनाको तेस्रो स्वरुप निकै खतरनाक रहेकोले यो महामारी पुनः जतिबेला पनि आउन सक्ने बताउँदै यसबाट बच्न र बचाउन सबैका लागि जिल्लामै सबैभन्दा ठुलो अस्पतालका रुपमा बनाउन लागेको विप्लवले बताए ।

नेकपा कार्यालय र अस्पताल निर्माण गर्न विभिन्न संघसंस्था र व्यक्तिहरुले सहयोग गरेको जनाउँदै महासचिव चन्दले नागरिकको स्वास्थ्य सुरक्षा नै अहिलेको पहिलो प्राथमिकता भएको उनले उल्लेख गरे । देशभरी कोरोनाको उपचारमा कठिनाई हुँदै गएको अवस्थामा यस महामारीबाट बच्न र स्वास्थ्य सुरक्षा नाजुक बन्दै गएकोले बेला यस विषम परिस्थितिलाई सामना गर्न तत्काल अस्पताल निर्माण गर्न अति आवश्यक रहेको चन्दले जिकिर समेत गरे ।

biplav party

सञ्चालनमा आएको अस्पताललाई अझ विस्तार गर्न प्रभावकारी सेवा प्रदान गर्न पार्टीले सरकारसँग पहल गर्ने प्रतिवद्धता समेत महासचिव चन्दले व्यक्त गरे । कोरोना संक्रमणबाट सिकिस्त भएर अस्पताल जाँदा अस्पतालमा बेड नपाइने समस्या रहेकोले कोरोनाको छिटो भन्दा छिटो सुविधा सम्पन्न अस्पताल निर्माणको काम तीव्र रुपमा भईरहेको र उक्त अस्पतालबाट सहजरुपमा सेवा दिइने उनले जानकारी दिए । 

आम नागरिकका सेवाका लागि निर्माणधीन अवस्थामा रहेको केन्द्रिय सम्पर्क कार्यालय र अस्पताल सुविधा सम्पन्न बनाउन विदेशबाट समेत आर्थिक सहयोग गर्ने नेपाली जन प्रगतिशील मोर्चा कतार र बहराइन लगायतका सपरिवारलाई धन्यवाद दिए । पार्टी संगठन सम्पर्क सजिलो र  स्वास्थ्य नै ठुलो धन हो भन्दै अस्पताल निर्माणमा सहयोग अहम भूमिका निर्वाह गरेको भन्दै प्रशंसा समेत व्यक्त गरे ।

उक्त कार्यक्रमलाई शिवगढी गाउँ कमिटी इन्चार्ज बिनाेद लुइँटेल (पाबेल), युवा संगठन जिल्ला अध्यक्ष लगायतले संबाेधन गरेका थिए ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *