Press "Enter" to skip to content

कपिलवस्तुमा स्वास्थ्य संकट, बजेट अभावमा जिर्ण बन्दै शिवराज अस्पताल, Kapilvastu Nepal

कपिलवस्तुकाे कृष्णनगर नगरपालिका-९, बहादुरगञ्ज अवस्थित शिवराज अस्पताल बजेटकाे अभावमा जिर्ण बन्दै गएकाे छ । जिल्लाकै सबैभन्दा पुरानो अस्पताल सञ्चालनमा अहिले बजेट र जनशक्ति अभावमा कारण जिर्ण बन्दै गएको हाे । नागरिकहरुको उपचार गर्ने अस्पताल नै सञ्चालनमा कठिनाई भएपछि सेवा प्रभावित हुन थालेको अस्पतालले जनाएकाे छ ।

स्थानिय तहको निर्वाचन सँगै स्थानीय निकाय गाभिएको शिवराज अस्पतालमा बजेट अभावले सेवा प्रभावित भएको अस्पताल व्यवस्थापन समितीका अध्यक्ष कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहले बताए । वि.सं. १९९८ मा स्थापना भएको जिल्लाकै सबै भन्दा पुरानो र देश कै दोस्रो पुरानो अस्पताल अहिले कर्मचारी र बजेट अभावमा जिर्ण बन्दै गएकाे अस्पतालबाट सेवा लिँदै आएका जोडिएकाे स्थानिय तहले वास्ता नगर्दा पनि अस्पतालमा सुधार हुन नसकेको उनले जनाए । प्रदेश र संघले समेत अस्पालतको विकासमा ध्यान नदिदाँँ अस्पतालबाट सेवा लिने नागरिक प्रभावित बन्दै आएकाे शाहले बताए ।

Shivraj hospital

अस्पतालमा अहिले ५ वटा ठूला अक्सिजन सिलिण्डर, ३ वटा साना , अक्सिजन कन्सिटेटर ९ वटा रहेकाे जनाउँदै अस्पतालमा रहेको एक्सरे मेशिन पनि पुरानो छ,अल्ट्रासाउण्ड केहि दिन यता विग्रेको बताए । हरेक बर्ष नगरपालिकाले अस्पताल संचालनका लागि बजेट विनियोजित गर्दै आएको भए पनि अस्पतालका लागि आवश्यक उपकरण खरिदका लागि रकम नपुगेको शाहले जनाए ।

अस्पातलको स्तरउन्नती र प्राविधिक तर्फका लागि संघ र प्रदेश कहि कतैबाट सहयोग प्राप्त नभएको बताउँदै शाहले नगरपालिकाको बजेटले अस्पताल सञ्चालन गर्न नसकिने उनले जनाए । नगरपालिकाले हरेक बर्ष १ करोड बढि बजेट अस्पतालका लागि विनियोजित गर्दै आएको भए पनि त्यो रकम अपुग भएको व्यवस्थापन समितिका अध्यक्ष शाहले जानकारी दिए । शाहले भने “संघ र प्रदेशले अस्पताल संचालनको लागि बजेट बिनियोजन गर्नुपर्छ । अब नगरपालिकाले सञ्चालन गर्न सक्दैन प्रदेशले जिम्मा लिनुपर्छ ।”

mukesh kumar chaudhary

यस्तै अस्पतालका प्रमुख डाक्टर मुकेश कुमार चौधरीले कोरोनाको तेस्रो लहर बढ्दै गर्दा अस्पतालमा भएका १ जना एमविविएस डाक्टरले मात्रैले कोरोनाका विरामी र अन्य बिरामी चेकजाँच गर्न नसक्ने भएकाले दरबन्दि हुँदा समेत डाक्टर व्यवस्थापन नहुँदा समस्या भएकाे उनले बताए ।

कृष्णनगर नगरपालिका सँगै अस्पतालमा शिवराज नगरपालिका, विजयनगर गाउँपालिका महाराजगंज नगरपालिका र छिमिकी देश भारतका नागरिकहरुले पनि सेवा लिदै आइरहेको बताइएको छ । त्यसैगरी १५ शैयाको शिवराज अस्पतालमा स्थायी दरबन्दि २८ भए पनि अहिले १ जना एमबिबिएस डाक्टर सहित ८ जना मात्रै रहेको अस्पताल प्रशासनले जनाएको छ । नगरपालिकाले ३१ जना करारमा कर्मचारी नियुक्ती गरि अस्पताल सञ्चालन गर्दै आइरहेको छ । अस्पताल प्रशासन शाखामा समेत कर्मचारी नहुदाँ सेवा प्रवाह प्रभावित भएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

राम अवतार चाैधरी

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *