लागू पदार्थ दुर्ब्यसन विरुद्ध अभिभावक र सराेकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एविसि नेपाल ,स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र पाल्हिनन्दन गाउँपालिकाकाे समन्वय तथा संवाद किशोर किशोरी सञ्जालकाे अायाेजनामा पाल्हिनन्दन -४ लाेहराैलिकाे जनता माध्यमिक बिद्यालयमा लागू पदार्थ दुर्ब्यसन विरुद्ध अभिभावक र सराेकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे ।
सञ्जालका सदस्य सुमन दुसाधकाे अध्यक्षता तथा वडा नम्बर -४ का वडा अध्यक्ष संजय कुमार पाठककाे प्रमुख अतिथतामा सम्पन्न भएको कार्यक्रम बाेल्दै प्रमुख अतिथि पाठकले हामी एउटा ग्रामीण क्षेत्रकाे ब्यक्तिकरण बुझि समुदायमा बढदै गरेको लागू पदार्थ सेवन गर्ने र गर्न दिने लाई कार्वाहीकाे दायारामा लगि लागू पदार्थ नियुनयकरण गर्न अावश्क रहेको छ ।
र नजिकै रहेको छिमेकी देशकाे खुल्ला सिमा नाकाले गर्दा लागू अाैषत अाेसार पाेसार गरि सेवन गर्न सजिलो भएकोले सिमा नाकामा पनि कडाइ गरि समस्या समाधान गर्न सकिने बताए ।
उहाले समुदायमा भएको विभिन्न रक्सि भठ्ठि र मदिरा पसलमा बिक्रीवितरणमा राेक लागाउनुका साथै जनचेतनामूलक सन्देश ,कार्यक्रम गराई मानिसलाई सचेत गरायनु पर्नेमा जाेड दिएका थिए । र बिशेष गरि हामी सम्पूर्णले अाफ्नाे छाेरा छाेरिलाई अाफै सचेत गराउनुपर्ने र अाफु पनि लागू पदार्थ सेवन नगर्ने बताउनुभएको थियोे ।
साे कार्यक्रममा वडा नम्बर -४ का वडा सदस्य ईन्द्रावति हरिजन , समुलाह देवान , जनता माध्यमिक विद्यालयका शिक्षक विक्रम यादव, कविता यादव ,पत्रकार सुरेश यादव ,महेश यादव , समाजसेवी प्रभावित धाेवि , बेचनि कहार लगाएतकाे अतिथिहरु र किशोर किशोरी अभिभावकहरुकाे समेत सहभागीता रहेको थियो । कार्यक्रम सञ्चालन एविसि नेपालका भाेलेन्टियर मनिता ढकालले गर्नुभएको थियो ।
महेश यादव
Be First to Comment