Press "Enter" to skip to content

Kapilvastuमा हॉस्पिटल निर्माण हुने, स्थानीय खुसी ले गद गद

प्रदेशस्तरीय सरुवा रोग अस्पताल कपिलवस्तुको शिवराज नगरपालिका-५, चन्द्राैटामा बन्ने भएको छ ।

चन्द्राैटा हाटबजार नजिकैको पुर्व पट्टि, महेन्द्र राजमार्ग सडक छेउमा रहेको बन क्षेत्रमा पर्ने ९ विगाहा जग्गामा अस्पताल बन्ने लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले बताए ।

केसीका अनुसार लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष ०७७-७८ को बजेटमा प्रदेश स्तरीय सरुवारोग अस्पताल शिवराज नगरपालिकाको चन्द्रौटा क्षेत्रमा निर्माण गरिने उल्लेख गरिएको थियो ।

kapilvastu hospital

अस्पताल निर्माण सम्पन्न हुन करीब २ अर्व लागत लाग्ने र अवधि पनि दुई वर्ष लाग्न सक्ने अनुमान गरिएको छ ।

यस क्षेत्रमा अस्पतालको अभाव रहेको नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै बजेट विनियोजन गरिएको बताइएको छ ।

kapilvastu hospital tender

सहरी विकास कार्यालय रुपन्देहीले बुधबार टेण्डर आव्हान गरिएको समाजसेवी तथा युवा नेता महादेव पाेख्रेले जनाए ।

प्रदेशस्तरीय अत्याधुनिक सरुवा रोग अस्पताल निर्माणको लागि टेण्डर आव्हान भएपछि नागरिकहरु हर्षित भएकाे उनले बताए ।

राम अवतार चाैधरी

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
1
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *