Press "Enter" to skip to content

Nepal मा मुस्लिम समुदायको वास्तविक संख्या जनगणनामा आउनु पर्नेमा जाेड, Nepal News

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा आगामी जनगणना सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएकाे छ । नगरपालिकाकाे वडा नं.३ झण्डानगर स्थित शनिबार आयशा गर्ल्स कलेजमा मुस्लिम आयोगको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको आयाेजकले जनाएकाे छ ।

मुस्लिम आयोगका सदस्य मिर्जा अरसद बेगले कार्यक्रमलाई सम्बाेधन गर्दै मुस्लिम समुदायको हकहितमा काम गर्ने सदैव तत्पर रहेकाे बताउँदै साे समुदायले दिएको सुझाव अनुसार अगाडी बढदै आएकाे बताए । आगामी जनगणनामा मदरसाका मौलाना धर्मगुरु विद्यार्थी समाजसेवी युवा वर्ग भद्रभलादमीहरु जनगणनालाई आ-आफ्नो स्तरबाट सफल बनाउन आग्रह समेत उनले गरे । सदस्य बेगले कसैको परिवारका सदस्य विदेश वा अन्य ठाउँमा छ भने ति सदस्यलाई नछुटाइ गणनामा समावेशी गराउन आग्रह गरे ।

यस्तै मुस्लिम इत्तेहाद संगठन नेपालका केन्द्रीय अध्यक्ष सेराज अहमद फारुकीले कार्यक्रम बाेल्दै मुस्लिम समुदायले जनगणनाका बेला सबैले गणना गराउनु पर्नेमा जाेड् दिए । मुस्लिम समुदायका अगुवाहरुले गणना तथा आयोगलाई अगाडी बढाउन महत्त्वपूर्ण भूमिका रहेकाे भन्दै हिमाल, पहाड र तराईका सम्पूर्ण मुस्लिम समान रहनुका साथै आफूहरु समुदायको उत्थानका लागि सदैव तयार रहने उनले प्रतिबद्धता व्यक्त गरे । सरकारले मुस्लिम आयोग गठन गरेर मुस्लिमहरुको आवाज उठाउन सजिलो भएकाे समेत अध्यक्ष फारुकीले बताए ।

Muslims of Nepal

यसैबीच राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा. अब्दुल गनी अल्कुफीले मुस्लिम समुदायले जनगणनामा पहिलो भाषा उर्दु गणनामा गराउनु पर्ने जनाउँदै बच्चाहरुको नाम राख्दा मुस्लिम सभ्यता र संस्कृति झल्किने नाम राख्न आग्रह गरे । मुस्लिम आयोगले यस्तो समयमा समेत जनगणना सम्बन्धि जनचेतना कार्यक्रम गरेको कार्य सराहनीय रहेको जनगणनाको समयमा मुस्लिम समुदायका सम्पूर्ण व्यक्तिहरु जनगणनामा सहभागि गराउन आग्रह गरे ।

आयोगलाई राष्ट्रिय मदरसा संघ नेपाल सधैं हातेमालों गर्न अग्रसर रहेको मुस्लिममा रहेको जातिय भेदभाव अन्त्य गरि मुस्लिम एक भइ आफ्नो हक अधिकारका लागि आयोगको माध्यमद्वारा सरकार समक्ष आफ्नो माग र हकहितका लागि लडनुपर्ने अल्कुफीले जनाए ।

त्यसैगरी जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान मुस्लिम समुदायमा उमेर पुगेका सम्पूर्णले नागरिकता बनाउनुपर्ने बताउँदै समुदायको समस्या मुस्लिम आयोग मार्फत उठान गर्ने मुस्लिम समुदायको समावेशिताको आधारमा हक अधिकार पाउनु पर्ने जनाए । लुम्बिनी प्रदेशमा मदरसा बोर्ड तथा मुस्लिम अवादी रहेको सम्पूर्ण प्रदेशमा मदरसा बोर्ड गठन गर्ने जरुरी रहेकाे उनले बताए ।

पठानले मुस्लिम समुदायको वास्तविक संख्या जनगणनामा आउनु पर्ने जनाउँदै मदरसाका शिक्षक धर्मगुरुहरु मार्फत जनगणना सम्बन्धि जनचेतना समुदायमा फैलाउन मुस्लिम आयोगलाई सुझाव दिए । चीनले मुस्लिम समुदायको जनसंख्या समेत नदेखाउने गरेको र मुस्लिम समुदाय माथि चीनले दमन गरि रहेको समेत प्रवक्ता पठानले जिकिर गरे ।

उक्त कार्यक्रममा बाेल्ने अधिकांश वक्ताहरूले जनगणनामा समावेश नभएका मुस्लिम नागरिकलाई संयाेजन गरि वास्तविक जनसंख्या यकिन गर्न माग राखेका थिए । साथै मुस्लिम आयाेगसँग सबैले हातेमालो गरि अघि बढ्न आवश्यक रहेकाेमा जाेड दिए ।

राम अवतार चाैधरी

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *