Press "Enter" to skip to content

किशोर किशोरीलाई दुर्व्यसनी मुक्त तथा सकारात्मक सोंच युक्त किन बनाउनुपर्ने ? Kapilvastu Nepal

कपिलवस्तुकाे शिवराज नगरपालिका वडा नं.१ शिवपुर स्वास्थ्य चाैकीमा लागुऔषध दुर्व्यसनी बिषयक तालिम शुरु भएकाे छ ।

लागुऔषध दुर्व्यसनी मुक्त बनाउने उद्देश्यले किशोर किशोरीहरुमा सकारात्मक सोंचको विकास गर्नका लागि किशोर किशोरी सङ्ग जनप्रतिनिधि कार्यक्रम अन्तर्गत शिवराज नगरपालिका १ नम्बर वडाको सहयोग र शिवपुर स्वास्थ्य चौकीको आयोजनामा शिवराज-१ बनकट्टीको सामुदायिक भवनको सभा हलमा शुक्रबार देखि शुरु भएकाे तालिम असार १९ गते सम्म सञ्चालन हुने शिवपुर स्वास्थ्य चाैकीले जनाएकाे छ ।

लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले किशोर किशोरी प्रजनन स्वास्थ्य, सकारात्मक सोंच र लागु औषध दुर्व्यसनी सम्बन्धि तालिमलाई सम्बाेधन गर्दै बिभिन्न वैज्ञानिकहरु कठिन अकस्थामा परिवारको सकारात्मक सोचले सफल भएकाे बताएका छन् । नागरिकहरुमा सकारात्मक सोचले मुलुक बदल्न सकेकाे उदाहरण पेश गर्दै भोलीका कर्णधार किशोर किशोरीहरु कुलतबाट बचेर हरेक क्षेत्रमा ज्ञान आर्जन गर्दै सकारात्मक सोचका साथ अघि बढे मात्र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकान्क्षा पुरा गर्न सकिनेमा केसीले जाेड दिए ।

Kapilvastu drug free society

त्यस्तै कार्यक्रमका अध्यक्ष शिवराज नगरपालिका वडा नं.१ का वडा अध्यक्ष तथा शिवपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर घर्ती क्षेत्रीले वडा भित्र युवाहरुमा देखिएका लागुऔषध दुर्व्यसनी साथै संस्कारबाट बिचलित जानकारी दिए । किशोर र युवा पिढि प्रति वडा चिन्तित रहेको बताउदै किशोर अकस्थामा नै प्रजनन स्वास्थ्य, सकारात्मक सोचको विकास गराउने खालका प्रशिक्षण साथै लागुऔषध दुर्व्यशनीबाट युवा पिढीलाई जोगाउँदै सकारात्मक सोंच प्रवाह गरेर वडाको समृद्धिमा युवाहरूलाई साझेदार बनाएर लैजानेमा वडा लागि परेकाे समेत वडाध्यक्ष घर्तीले बताए ।

शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलेले किशोर किशोरीहरुलाई प्रजनन स्वास्थ्य, नैतिक शिक्षा , लागुऔषध प्रयोग बाट निम्तने सामाजिक क्षति, स्वास्थ्यमा देखिने जटिलता साथै कानुनीबारे प्रष्ट पारे ।

Drug free trainer kapilvastu

सत्मार्गमा डोर्‍याउन प्रयत्न गरीने प्रशिक्षक अर्जुन थापा कालिका स्वावलम्वन सामाजिक केन्द्रका कार्यकाअरी निर्देशक, सुआहारा कार्यक्रम जिल्ला संयोजक कमला सापकोटा, सन बहादुर राना किडार्क नेपालका मनोसामाजिक परामर्श सहजकर्ता लगायत विभिन्न क्षेत्रका प्राशिक्षकहरुबाट तालिम दिने व्यवस्था मिलाउने प्रमुख पाैडेले जनाए ।

उक्त कार्यक्रममा बाेल्ने अधिकांश वक्ताहरुले किशोर किशोरीलाई दुर्व्यसनी मुक्त, सकारात्मक सोंच युक्त बनाउनुपर्नेमा जोड दिएका थिए । साथै तालिममा शिवराज नगरपालिका १ नम्बर वडाका ६० जना किशोर किशोरीहरुकाे सहभागिता रहेकाे थियाे ।

राम अवतार चाैधरी

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from बिविधMore posts in बिविध »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *