Press "Enter" to skip to content

थारु पत्रकार संघ नेपाल लाई ठुलो झटका, दिग्गज पत्रकार हिकमत चौधरीको निधन, Nepal News

थारु पत्रकार संघ नेपालद्वारा स्व. पत्रकार हिक्मत चौधरीको परिवारलाई नगद तथा स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

थारु पत्रकार संघका पूर्व केन्द्रीय सदस्य चाैधरीकाे कोभिड संक्रमणबाट केही महिना अघि उपचारकाे क्रममा निधन भएकाे स्व. पत्रकार चौधरीको परिवारलाई शनिबार थारु पत्रकार संघ नेपाल केन्द्रीय कार्य समितिले प्रदान गरेको थापस केन्द्रीय अध्यक्ष सन्ताेष दहितले जानकारी दिए ।

केही हदसम्मा परिवारमा सहयोग पुग्ने उद्देश्यले घरमै पुगेर स्व. पत्रकार चौधरीकी धर्मपत्नी उदयदेवी कहार चौधरीलाई थारु पत्रकार संघको आकस्मिक सहयोग आर्थिक सहायता कोषबाट नगद रु २० हजार र  केही स्वास्थ्य सामाग्री प्रदान गरिएको थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष दहितले बताए ।

सहयोग कार्यक्रममा थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष सन्तोष दहित, केन्द्रीय सचिव कमल चौधरी, आकस्मिक  सहयोग आर्थिक सहायता कोषमा सहयोग गर्ने सहयोगिदाता लब्लिन क्यानभास, पत्रकार सबि थारु लगायतको उपस्थिति रहेको थियो । 

थारु पत्रकार संघका रुपन्देही जिल्ला सल्लाहकार समेत रहेका स्व. पत्रकार चौधरी कोरोना संक्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना बिशेष अस्पतालमा गत जेष्ठ ५ गते बुधबार निधन भएको थियो । तिलोत्तमा ५ मणिग्राम निवासी स्व. हिक्मत चौधरी विभिन्न मिडियामा आबद्ध समेत रहेका थिए ।

Hikmat chaudhary passes away

उनी थुप्रै समाजिक संघ संस्थामा समेत क्रियाशिल रहँदै आएका थिए । उनी नेपाल पत्रकार महासंघ रुपन्देहीको पूर्व कार्य समिति सदस्य एवं आदिवासी जनाजति पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्ष समेत रहेका थिए ।

स्व.चौधरीका २ छोरा, ४ छोरी र श्रीमती रहेका पारिवारिक स्राेतले जनाएकाे छ । साथै थारु पत्रकार संघले आफ्नो थारु पत्रकार परिवारलाई गुमाएकोमा दुःख प्रकट गर्दै यस दुःखद घडीमा थारु पत्रकारको आकस्मिक सहयोग आर्थिक सहायता कोषमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद एवं हार्दिक अभार व्यक्त समेत गरेको छ ।

राम अवतार चाैधरी

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from बिविधMore posts in बिविध »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *