Press "Enter" to skip to content

शिवराज, Nepal मा एकल तथा विपन्न महिलालाई ढाका र मखमलकाे जुत्ता बनाउने तालिम

कपिलवस्तुको शिवराज नगरपालिका-९, शिवगढीमा ढाका तथा मखमलको जुत्ता बनाउने तालिम सम्पन्न भएको छ । वडा नम्बर ९ को आर्थिक सहयोग, दियालो नेपालको व्यवस्थापन र शिवगढी आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार सञ्जालको आयोजनामा तालिम सम्पन्न भएकाे आयाेजकले जनाएको छ ।

वडा अध्यक्ष चुर बहादुर खड्काले समापन कार्यक्रमलाई सम्बाेधन गर्दै सीपलाई आर्थिक उपार्जनसँग जोड्नुपर्ने बताए । सीप बिना समतामुलक समाज निर्माण गर्न नसकिने भएकाले वडाले तालिमका लागि एक लाख बिनयाेज गरेर एकल तथा विपन्न महिलाहरुलार्ई आत्मनिर्भर बनाउन सीप आवश्यक रहेकाे उनले जनाए । वडा अध्यक्ष खड्काले सीप र ज्ञानलाई व्यवहारमा उर्तान सकेमात्र तालिमको औचित्य हुने बताउँदै सीपलाई व्यावसायिक बनाउनु पर्नेमा जाेड दिए ।

यसैबीच सन्जालकी अध्यक्ष दिलमाया बाठाले कार्यक्रममा बाेल्दै आफूले सिकेकाे सीपलाई व्यावसायिक बनाउँदै महिलाहरुले समाजको नेतृत्व लिइ अगाडि बढ्ने प्रतिबद्धता जनाएकी छन् । सीपका धेरै कार्यक्रम अगाडि सारे पनि प्रतिफल आउन नसकेको बताउँदै सीपलाई सामुहिक रुपमा अगाडि बढाउनु पर्नेमा उनले जोड दिइन् ।

Velvet Shoe

चालू आर्थिक बर्ष ०७७-७८ को वडास्तरिय वार्षिक कार्यक्रम अन्तर्गत गत जेठ २८ गते देखि असार ६ गते सम्म तालिम सञ्चालन भएकाे कार्यक्रममा वडाका १३ जना एकल तथा विपन्न महिलाहरुकाे सहभागीता रहेकाे बताइएको छ ।

उक्त कार्यक्रम शिवगढी आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार सन्जालकी अध्यक्ष दिलमाया बाठाको अध्यक्षता, वडा नं. ९ का वडा अध्यक्ष चुर बहादुर खड्काको प्रमुख आतिथ्यता र महिला अधिकारकर्मी मिना परियार लगायतको सहभागिता रहेको थियो ।

राम अवतार चाैधरी

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from बिविधMore posts in बिविध »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *