Press "Enter" to skip to content

पश्चिम Nawalparasi, Nepal सरावल गाउँपालिकाको कृषिशाखामा चोरी

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको कृषिशाखामा चोरी भएको छ । सोमबार राति अज्ञात समुहले सरावल गाउँपालिका अन्तर्गत रहेको कृषि शाखामा कार्यालयको ताला फोडी चोरी गरेको कृषि शाखा प्रमुख कुलदिप मिश्रले खबर पात्राेलाई जानकारी दिनुभएको छ ।

समुहले कोही नभएको मौका छोपी रातिको समयमा सो शाखामा रहेको कम्प्यूटरको मनिटर, किबोर्ड र माउस चोरी गरेको तर कम्प्युटरको सिपियु भने यथास्थानमै भेटिएको मिश्रले जानकारी दिनुभएको हो । चोरीको घटनाबारे जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय गोबरहियाले अनुन्धान सुरु गरेको र दोषी जो कोहीलाई पनि कडा कार्यवाही गरिने बताएको छ ।

महेश यादव

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *