पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको कृषिशाखामा चोरी भएको छ । सोमबार राति अज्ञात समुहले सरावल गाउँपालिका अन्तर्गत रहेको कृषि शाखामा कार्यालयको ताला फोडी चोरी गरेको कृषि शाखा प्रमुख कुलदिप मिश्रले खबर पात्राेलाई जानकारी दिनुभएको छ । समुहले कोही नभएको मौका छोपी रातिको समयमा सो शाखामा रहेको कम्प्यूटरको मनिटर, किबोर्ड र माउस…