पश्चिम् नवलपरासीमा योगदान राष्ट्रको लागि नवलपरासी जिल्ला कार्यसमितिद्धारा प्रहरी चाैकि तथा सशस्त्र प्रहरी बलमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हाे ।
नवलपरासी जिल्ला अन्तरगत पर्ने सरावल गाउँपालिका पाल्हिनन्दन गाउपालिका भित्रकाे सनई प्रहरी चौकी , गेरमी प्रहरी चाैकी , सशस्त्र प्रहरी रगरगंज , सशस्त्र प्रहरी गेरमा , अमानिगंज प्रहरी चाैकी , सशस्त्र प्रहरी भुजहँवा, भुजहँवा प्रहरी चाैकी र सशस्त्र प्रहरी बल बेलासपुर मा १ लिटर सेनेटाइजर , १०० पिस मास्क र ५ पिस फेसस्लाइड , ५ पि० ग्लोप्स लगायतको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हाे ।

नयाँ भेरियन्ट सहितकाे कोरोना महामारीले अाक्रान्त बनाईरहेकाे अवस्थामा जनताको सेवामा दिनरात खटिएका प्रहरी जवानहरुकाे समस्यालाई मध्यनजर गर्दै प्रहरी चाैकि तथा सशस्त्र प्रहरी बलकाे प्रहरी जवानहरुकाे सुरक्षाका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको याेगदानका संयाेजक ज्ञानेश्वर सहानिले जानकारी दिनुभयो ।
पत्रकार सुरेश यादव,योगदान राष्ट्रको लागि नवलपरासी का सहसचिव सिद्धान्त पाठक , सदस्य सुरज यादव ,अाषिश सिंह लगायतको साथ सहयोगमा सामाग्री हस्तान्तरण गरिएको थियो ।
महेश यादव
Be First to Comment