Press "Enter" to skip to content

बिपि स्टडी युथ सर्कलद्वारा स्वास्थ्य सामग्री वितरण

काेराेना महामारीले समुदायमा बढ्दै गएकाे जाेखिमलाई मध्यनजर गर्दै बि पि स्टडी युथ सर्कल कपिलवस्तुले स्वास्थ्य सामाग्रीमा तिब्रता दिइएकाे छ । काेभिडकाे भाईरस जोखिमलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएकाे जनाएकाे छ ।

युथ सर्कल कपिलवस्तुले भिडभाड हुने स्थान पिपरा, जितपुर, गाेरुसिंगे, चन्द्राैटा र ताैलिहवा लगायत अग्रपंक्तिमा रहेर कार्य गर्ने प्रहरी, संचारकर्मी तथा समुदायस्तरका गरिब, विपन्न आम नागरिकलाई समेत वितरण गरिएकाे सर्कलका अध्यक्ष सुशान्त पाेख्रेलले जानकारी दिए ।

विगत ५ दिन देखि निरन्तर अभियान कार्यक्रमलाई सफल पार्दै शुक्रबार कपिलवस्तुको ताैलिहवा चोकमा वितरण कार्यक्रमलाई समापन गर्दै आफूहरु आम नागरिकको स्वास्थ्यप्रति जागरुक रहि अगामी समयमा समेत सामाजिक गतिविधिमा अग्रसर हुने प्रतिबद्धता समेत अध्यक्ष पाेख्रेलले व्यक्त गरे ।

BP Study Youth Circle Kapilvastu Nepal

मौसम प्रतिकुल भए पनि चाेक चोकमा माक्स सेनिटाइजर लगायत स्वास्थ्य सामाग्री वितरण गर्दै बाहिर हिँड डुल गर्ने सर्वसाधारणलाई समेत सचेत गर्ने गरिएकाे सर्कलका जिल्ला सचिव जय चाैधरीले बताए । गरिव, विपन्नहरुको साहारा बन्न विपि स्टडि युथ सर्कल सदैव तयार रहकाे उनले जनाए ।

चार नं जितपुर चोकबाट सुरु गरिएसंगै पिपरा, गोरुसिङ्गे, चन्द्रौटा लगायतका जिल्लाका विभिन्न स्थानमा उक्त सचेतना मूलक कार्य तथा मास्क र सेनिटाइजर वितरण गरिएकाे संस्थाका जिल्ला सचिव  चाैधरीले बताए । कार्यक्रममा सर्कलका जिल्ला सदस्य वासु पोख्रेल, दिपक घिमिरे, बिबेक पौडेल लगायतको उपस्थिती रहेको थियो ।

राम अवतार चाैधरी

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from बिविधMore posts in बिविध »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *