Press "Enter" to skip to content

बाढी पहिरोबाट हुनसक्ने क्षति र जाेखिमबारे सजक र सुरक्षित रहन पालिका बासिहरुलाई अनुरोध: अध्यक्ष चाैधरी

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकामा बाढीबाट खतरा बढ्दै गरेको छ । पालिका भित्रका विभिन्न वडाहरुमा भुभाग  सहित केहि घरहरू विस्थापित भएका छन । तिन दिनको अविरल बर्षाले पालिका भित्रका केही भुभाग डुबान र घरहरु विस्थापित भएर धनजनको क्षति समेत भएको छ । अझ बाढिले घर विस्थापित हुनुका साथै खतरा र समस्या बढ्दै गएको छ ।

बर्सेनि बर्षाले गर्दा अाएकाे बाढीले सामन्य जनजिवनलाई प्रभावित पार्नुका साथै धनजनको क्षति गर्ने गरेको छ । जस्का कारण अाम जनसमुदायमा बसाेबास गर्ने मानिहरुलाई कष्टकर र दुखपुर्ण जीवन अपन गर्न बाध्य बनाएको छ । पालिका भित्रका वडा नम्बर २,३,४,५,६ र ७ लागाएतका वडाहरु बाढिकाे चपेटामा परेकाे छ ।

जसमध्ये ६ र ७ का अधिकांश भुभाग डुबान तथा घरहरू विस्थापित भएकाे छ । वडा नम्बर ६ का खडाैना , मधवलिया र नाैडिहवा लगाएतका गाउँहरु बाढिकाे चपेटामा परि अधिकांश घरहरू विस्थापित भई धनजनको क्षति सहित भुभाग जलमग्न भएको छ ।

गाउँपालिका भित्रका सम्पूर्ण बाढीले प्रभावित भएको वडाहरु र विस्थापित भएको घरपरिवारहरुलाई याे विषम अवस्थामा बाढी पहिरोबाट हुनसक्ने क्षति र जाेखिमबारे सजक र सुरक्षित भई बस्न अाग्रह गर्दै बाढीले गर्दा खतरा बढ्दै गएकोले पालिका विपत व्यवस्थापन समितिलाई समय समयमा जानकारी गराई जाेखिमबाट वचन सुरक्षित स्थानमा जान गाउँपालिका बासिहरुलाई पालिका अध्यक्ष राधेश्याम चाैधरिले अनुरोध गर्नुभएको हाे ।

उहाँले याे विषम अवस्थामा विस्थापित घरपरिवारहरुलाई पालिका विपत ब्यवस्थापन समिति संग सम्पर्क गरि अावश्यक स्थानमा जान र अावश्यक्ता अनुसारकाे सेवा सुविधा पालिकाले गर्ने बताए ।

महेश यादव

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from बिविधMore posts in बिविध »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *