Press "Enter" to skip to content

शान्ति पुन:र्स्थापना गृहद्धारा स्थानीय तहलाई स्वास्थ्य सामाग्री

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ लाई मध्यनजर गर्दै शान्ति पुन:र्स्थापना गृहले स्थानीय तहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे छ । संक्रमणलाई नियन्त्रण र नागरिकलाई सुरक्षित रहन आव्हान गर्दै महिला तथा बालबालिका र मानव बेचबिखन सम्भावित जोखिममा रहेका व्यक्तिहरुलाई लक्षित गृहले कपिलवस्तु जिल्लाका २ स्थानीय तहहरुलाई स्वास्थ्य सुरक्षाका सामाग्रीहरु हस्तान्तरण गरेकाे बताइएको छ ।

शान्ति पुन: र्स्थापना गृहले कपिलवस्तु जिल्लाका कृष्णनगर नगरपालिका र शिवराज नगरपालिकामा माक्स, सेनिटाइजर, पिपिइ, फेस सिल्ड, र्थमल गन, अक्सिनमिटर, ग्लोप्स लगायतका सामाग्री हस्तान्तरण गरिएकाे गृह जनाएकाे छ ।

स्वास्थ्य सुरक्षा समाग्री हस्तान्तरण कार्यक्रममा कृष्णनगर नगरपालिकामा नगर प्रमुख रजत प्रताप शाह, २ नं. वडा अध्यक्ष सञ्जय गुप्ता, महिला बालबालिका शाखाका प्रमुख थुमा उपाध्याय, लगायतका कर्मचारीको बीचमा हस्तान्तरण गरिएको छ । त्यसैगरी शिवराज नगरपालिकामा नगर प्रमुख नेत्रराज अधिकारी, उपप्रमुख शिवकुमारी थारु, महिला बालबालिका शाखाका प्रमुख लक्ष्मी कंडेल, सहित नगरपालिकाका अन्य कमचारीहरुको सहभागीतामा हस्तान्तरण गरिएको बताइएको छ ।

Health materials distributed in Kapilvastu Nepal

हस्तारण कार्यक्रममा मन्तव्य राख्दै कृष्णनगर नगरपालिका नगरप्रमुख रजत प्रताप शाहले शान्ति पुन:र्स्थापना गृहले संकटको यस समयमा नगरपालिकालाई स्वास्थ्य सुरक्षाका सामाग्री हस्तारण गरेकोमा संस्थालाई धन्यवाद दिँदै एक गैर-सरकारी संस्थाले गुर्नपर्ने जिम्मेवारी पुरा गरेको साथै आगामी दिनमा शान्ति पुन:र्स्थापना गृह र नगरपालिका बीच सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता समेत शाहले व्यक्त गरे ।

त्यस्तै शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले कोरोना सक्रमण विश्वव्यापी रुपमा बढ्दै गएको मुलुक नै संकटमा परेको अवस्थामा यसको रोकथाम तथा नियन्त्रण गर्न सबैको सहकार्य र सहयोग आवश्यक रहेको बताउँदै शान्ति पुन:र्स्थापना गृहले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गर्दै संस्था र नगरपालिका बीच निरन्तर सहयोग र सहकार्य रहँदै आएको स्मरण गर्दै आगामी दिनमा पनि निरन्तरता हुनेमा समेत विश्वास्ता रहेकाे अधिकारीले बताए ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै कार्यक्रममा शान्ति पुन:र्स्थापना गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराइले कारोना महामारीको विषम परिस्थिति भएको हुँदा संक्रमणबाट महिला बालवालिका माथि हुने जोखिमलाई ध्यानमा राखि सामाग्री स्थानीय तहलाई हस्तान्तरण गरिएको बताए ।

Kapilvastu Nepal health kits distributed

उक्त गृह २०६४ साल देखि कपिलवस्तुमा शाखा कार्यालय स्थापना गरि मानव बेचबिखनका रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको र हाल कोरोना संक्रमणलाई ध्यानमा राखि कोरोना भाइरस रोकथाम नियन्त्रणको लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको शान्ति पुर्न:र्स्थापना गृह जिल्ला संयोजक निशा पन्थीले जनाईन् ।

उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा शान्ति पुन:र्स्थापना गृहका लेखा अधिकृत दिनेश्वर गौर, कपिलवस्तु जिल्लाका सुपरभाइजर बसन्ती जिसी, परामर्शदाता शुशिला खनाल लगायतले कार्यक्रममा सहभागी हुँदै काेराेना महामारीको बखत समेत आफूहरु सजग रहि मावन बेचबिखन बिरुद्ध सक्रियता रहेकाे बताए ।

राम अवतार चाैधरी

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from बिविधMore posts in बिविध »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *