कपिलवस्तु, नेपाल: भारतबाट भन्सार छली गरि नेपाल ल्याउँदै गरेकाे १ लाख भन्दा बढी रकम बराबरको अवैध सामाग्री नियन्त्रणमा लिइएको छ । बोर्डर आउट पोस्ट कृष्णनगरबाट शसस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यको कमान्डमा खटिएको गस्ती टोलीले बुधबार ठूलो परिमाणमा कपडा बरामद गरेकाे हाे ।
प्रहरी निरीक्षक आचार्यका अनुसार कृष्णनगर नगरपालिका-३, लक्ष्मीनगर हुँदै भारतबाट अवैध रुपमा नेपाल भित्राउँदै गरेको १ लाख ७ हजार रकम बराबरको १ सय ९९ पिस जेन्स टिसर्ट बरामद गरिएकाे बताइएको छ । अबैध टिसर्ट बरामद गरि कृष्णनगर भन्सार चलानका लागि पठाएको बोर्डर आउट पोस्ट कृष्णनगरले जनाएकाे छ ।
आफूहरु अवैध क्रियाकलाप नियन्त्रण गर्न सदैब तत्पर रहि अग्रसर हुँदै आएकाे र आम जनता लगायत सरोकारवालासँग निरन्तर यस बिषयकाे छलफलमा जुटिरहेको समेत शसस्त्र प्रहरी निरीक्षक आचार्यले बताए ।
राम अवतार चौधरी
Be First to Comment