Press "Enter" to skip to content

लुम्बिनी प्रदेश सरकारको छनोटमा कपिलवस्तु लाेहराैला गाउँका किसानलाई कृषि सामाग्री वितरण

लुम्बिनी प्रदेश सरकारको छनोटमा परेको स्मार्ट कृषि गाउँ लोहरौलाका कृषकलाई कृषि सामाग्री वितरण गरिएको छ । कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले कृष्णनगर नगरपालिका-८ मा रहेको लाेहरौला गाँउका ५५ जना कृषकलाई बुधबार सामाग्री वितरण गरिएकाे बताइएको छ ।

२७ वटा पम्पसेट सहित डिलउरी र सेक्सन पाइप, २ वटा पानी तान्ने मोटर, ५५ चर्जरस्प्रे टंकि र ६ वटा कलटीवेटर वितरण गरिएको लोहरौला स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिका संयोजक ठिकराम चौधरीले जानकारी दिए ।

खाद्यान्न उत्पादनमा वृद्धि, कृषि पेशामा प्राेत्सहन गर्ने उद्देश्यले कृषकलाई सामाग्री वितरण गरिएकाे चौधरीले बताए । कृषि सामाग्रीमा ८० प्रतिशत सरकारको र २० प्रतिशत किसानको लगानी रहेको उनले जनाए ।

kapilvastu lohraula

उक्त गाउँमा केहि दिन अघि कृषि सम्बन्धि जलवायु स्मार्ट, सिँचाई स्मार्ट, खाद्य पोषण स्मार्ट, प्रविधि स्मार्ट तथा बजार स्मार्ट कार्यक्रम लागु हुने गरि उद्घघाटन गरिएको थियो । कार्यक्रम उद्घाटन भए लग्त्तै कृषि सामाग्री पाएपछि आम किसान हर्षित भएकाे एक स्थानीयले बताए ।

राम अवतार चाैधरी

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from बिविधMore posts in बिविध »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *