कपिलवस्तुकाे एक इट्टा उद्योगमा बालबालिकालाई प्रयाेग गरिएको पाइएकाे छ । जिल्लाकाे विजयनगर गाउँपालिका वडा नं.६, खडैचा अवस्थित शिव इट्टा उद्योगमा दर्जनौं बालबालिकालाई बालश्रममा लगाइएकाे छ । उद्योग सञ्चालक सन्दिप माैर्यले बालश्रममा लगाउने अधिकांश ८ देखि १५ वर्ष उमेर समूहका बालबालिका रहेका छन् । बालबालिकाले १ हजार इट्टा बनाए वापत रू. १ हजार देखि १ हजार ३ सय रूपैयाँ सम्म ठेकेदारले दिने गरेकाे एक कामदारले बताए ।
सञ्चालक माैर्यले बालबालिकालाई थाेरै पैसाले इट्टा बनाउन सक्ने र उद्योगकाे बढी फाइदा हुने भन्दै बालश्रममा लगाउँदै आएकाे बुझिएको छ । तर उद्योगमा दर्जनौँ बालबालिकालाई माैर्यले नै लगाएको कुरा खुल्नमा आएकाे छ । उक्त इट्टा उद्योगमा दर्जनाैं बालबालिका बालश्रममा लगाइएको भएपनि सञ्चालक माैर्यले बालबालिकालाई आफूले बालश्रममा नलगाएकाे जिकिर गरे । उद्योगमा कार्यरत एक कामदारले नाम नखुलाउने सर्तमा पारिश्रमिक बढाउन भने पनि काेराेना महामारी र बेमौसमी वर्षातले कराेडाैँकाे इट्टा नष्ट भएकाे भन्दै पारिश्रमिक नबढाएकाे गुनासाेसमेत गरे ।
उद्योगमा बालबालिकालाई प्रयाेग गर्दै आएकाे गुनासाे आएपछि शुक्रबार उद्योगमा अनुगमनका क्रममा पुगेका पत्रकारलाई सञ्चालक माैर्यले दादागिरी शैलीमा अपशब्द प्रयाेग गरि गालीगलाैज गर्दै इट्टा भट्टामा हालेर ज्यान मार्ने धम्कीसमेत दिए । उनले भने, “तिमिहरूलाई पैसा चाहियाे भने ठाउँ- ठाउँमा पैसाकाे बिछ्याइ दिन्छु” ।
उद्योग सञ्चालक माैर्यसँगै रहेका महताब (पप्पु) खानले हात खुट्टा भाँच्ने धम्की दिँदै उनले भने,” मलाई राम्रोसँग चिनेका छैनाैँ तिमिहरूलेे केही बिगार्न सक्दैनौँ” । खानले भारतमा पनि गैरकानुनी काम गर्दै आएकाे एक स्राेतले जनाएकाे छ । स्राेतका अनुसार खानले भारतमा आपराधिक गतिविधिमा संलग्न रहेकाे समेत जनाइएको छ । अहिले नेपालकाे सिमावर्ति क्षेत्र कृष्णनगरमा लुकीछिपी बस्दै आएका छन् ।
सरकारले बाल अधिकार हनन हुने भन्दै गैरकानुनी रूपमा बालश्रममा वा कुनै पनि कार्यमा लगाउन नपाउने कानुन बनाए पनि उद्योगले बढी नाफा हुने लाेभले बालश्रममा लगाउँदै आएका छ । यसरी सञ्चालकले बालबालिकालाई बालश्रममा प्रयाेग गरिएका एक पात्र हुन् । पछिल्लो समय बेमौसमी बार्षतका कारण इट्टा व्यवसायी नाेक्सानी समेत व्यहोर्नुपरेकाे छ ।
Ram Abatar Chaudhary
Be First to Comment