Press "Enter" to skip to content

सरकारकाे विभेद अन्त्य नभए संघर्ष जारी रहन्छ: संयाेजक थारु, News of Nepal

नेपाल लाेकतान्त्रिक पार्टी र थरुहट थारुवान राष्ट्रिय अभियानका संयाेजक लक्ष्मण थारुले उपेक्षित गरिएको आदिवासीजनजातिकाे माग मुद्दा सम्बाेधन नगरे कडा रुपमा प्रस्तुत हुने बताएका छन् । जाति, वर्ग, लिंग र क्षेत्रकाे आधारमा सरकारले गर्दै आएकाे विभेद अन्त्य नभए सम्म र हक अधिकार प्राप्त नभए संघर्ष जारी राख्ने थारुले चेतावनी दिए ।

कपिलवस्तुकाे चन्द्राैटामा आइतबार युवाहरुसँगकाे भेटघाट तथा परिचयात्म कार्यक्रममा अभियान संयाेजक थारुले यस्ताे बताए । संविधान निर्माणका क्रममा उठान भएका टिकापुर मुद्दाहरु आदिवासी, जनजाति, दलित, मुस्लिम, मधेशी लगायत पिछडिएका खस आर्य सहितलाई न्याय हुने गरि संविधान संशाेधन विषयलाई उठाउन गर्नेुपर्नेमा जाेड दिए । झुठा मुद्दा लगाइ जेल जीवन विताइरहेका रेशमलाल चाैधरीसँगै मुद्दामा फसाइएका सामाजिक अभियानताहरुलाई निशर्त रहाईकाे माग समेत अभियानका संयाेजक थारुले गरे ।

अखण्डता र सार्वभौमिकता, स्वतन्त्रता राष्ट्रियता सबै जातजातिको राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई कायम राख्दै देशकाे समतामूलक समाजवादलाई मार्गदर्शक सिद्धान्त स्वीकार्ने उनले बताए । भष्ट्रचारमुक्त राष्ट्र निर्माणकने लागि ग्यारेन्टी हुने र सबै जनताकाे सर्वाेत्तम हित हुने नीतिकाे साथै विगतमा भएका अन्तर्राष्ट्रिय सन्धिसम्झाैतालाई नागरिकको अनुकुल हुनेगरी मात्र लागू गर्न सरकारसँग संयाेजक थारुले अनुराेध गरे ।

laxman tharu 2

अभियानका सह-संयाेजक श्रवण थारुले हाल जनअधिकार प्राप्त दलहरुले जनताकाे अकान्क्षभन्दा पृथक व्यवहार हुँदै गएकाेले यस अन्दाेलनबाट सहअस्तित्व सहितको जागरण अभियानमा लागेकाे जनाए । यस्तै नेलाेपका केन्द्रीय अध्यक्ष भानुराम थारुले राष्ट्रिय अभियानका साथै पार्टीलाई विस्तार गर्दै निरन्तर अगाडि बढिरहेको बताए । ग्रामीण भेगबाट युवा पुस्तालाई सहभागिता गराउँदै पार्टीलाई अग्र स्थानमा पुर्‍याउने उनले जनाए ।

यसैबीच नेलाेपाका केन्द्रीय उपाध्यक्ष भूमी बरालले सहभागितामूलक प्रणालीको सिद्धान्तमा आधारित समतामूलक बहुजातीय लाेकतान्त्रिक संघिय बहुलवादमा विश्वास गर्ने संकल्पका साथ सांस्कृतिक पुनः जागरण सामूहिक नेतृत्व प्रणाली समानुपातिक समावेशी र विधिविधान सम्मतकाे कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था आवश्यकतालाई आत्मसात गर्दै जाने बताए । यस सवालमा जनताहरुकाे माझमा साझा धारणासहित गतिशील हुने प्रतिबद्धता समेत व्यक्त गरे ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *