Press "Enter" to skip to content

पार्टी पुनर्गठन दिवसमा रक्तदान, News of Nepal

नेकपा कपिलवस्तुले ८औँ पार्टी पुनर्गठन दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेकाे छ । जिल्लाको शिवराज-१, शिवपुर स्थित नेपाल आदर्श नमुना मा.वि.को प्रङ्गणमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेकाे नेकपाले जनाएको छ ।

पार्टी पुनर्गठन दिवसलाई उत्सवका रुपमा मनाउन बुधबार नेकपाले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेकाे नेकपा कपिलवस्तु जिल्ला सदस्य तथा शिवराज नगर कमिटी सेक्रेटरी समेत रहेका बिनाेद लुइटेल (पावेल) ले जानकारी दिए ।

रक्तदान कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवम कपिलवस्तु जिल्ला सचिव कमल केसीले रगत अभावको बखत रक्तदान गर्नु सर्हानिय कार्य रहेकाे उल्लेख गरे । काेभिडबाट प्रभावित भएका सम्बन्धित क्षेत्रलाई यस कार्यले निकै महत्त्वपूर्ण याेगदान दिने समेत उनले बताए । नेकपाले प्रतिबन्ध पछिकाे खुला राजनीतिमा आएर समुदायसँग नजिक भएर हातेमालो गर्दै आएकाे अगाडि बढिरहेको समेत सदस्य केसीले जिकिर गरे ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *