Press "Enter" to skip to content

शिवगढीमा बन्दै गरेकाे विप्लवकाे केन्द्रीय कार्यालय भवन निर्माण कार्य अन्तिम चरणमा , News of Nepal

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकाे केन्द्रीय सम्पर्क कार्यालयकाे भवन निर्माणकाे कार्य अन्तिम चरणमा पुगेकाे छ । नेकपाकाे गृह जिल्ला कपिलवस्तुको शिवराज नगरपालिका-९, शिवगढीमा केन्द्रीय सम्पर्क कार्यालयकाे भवन निर्माणकाे कार्य भईरहेकाे छ ।

शिवगढीलाई मिनी राेल्पाकाे नामले समेत चिन्ने गरिन्छ । यस क्षेत्रकाे विकासमा टेवा पुग्ने गरि नेकपाले केन्द्रीय कार्यालय भवन बनाउने कार्यलाई तीव्रता दिएकाे छ । नेपालका अन्य राजनीतिक दलहरूले देशकाे संघिय राजधानी काठमाडौंमा पार्टीकाे केन्द्रीय कार्यालय बनाएकाे र बनाई रहँदा नेकपाले भाैगाेलिक बनावटकाे हिसाबले अति विकट र पछाडी परेकाे क्षेत्र शिवगढीमा पार्टी कार्यालय बनाउने भएकाे बताइएको छ ।

केन्द्रीय कार्यालय र सभहल सहितकाे भवन १ करोड १२ लाखकाे लागतमा १६ काेठा बराबरको पहिलो तल्लाकाे निर्माणकाे काम अन्तिम चरणमा पुग्न लागेकाे कार्यालय भवन, जन संग्रहालय तथा सहिद पार्क निर्माण कार्य समितिका इन्चार्ज अमर झाँक्री (संजीव) ले जानकारी दिए । भवन निर्माणकाे कार्य आर.जी.एल. कन्ट्रकशन कम्पनी प्रा.लि शिवराजले ठेक्का लिएकाे समेत उनले बताए । नेकपाका केन्द्रीय सदस्य समेत रहेका झाँक्रीले पार्टीको काेष, जन प्रगतीशील माेर्चाकाे सहयाेग र जनश्रमदानबाट समेत नेकपाकाे कार्यालय निर्माण भइरहेको बताए ।

आवास सहितकाे सुुविधा सम्पन्न नेकपाकाे कार्यालय निर्माण भइरहेकाे बताउँदै ५ तल्ले कार्यालय ३ तल्ले सभाहल बनाउने लक्ष्य समेत रहेकाे उनले जनाए । पहिलो तल्ला निर्माणकाे सम्पूर्ण कार्य सम्पन्न हुने लगत्तै आगामी फागुन १ गते औपचारिक रूपमा उद्घाटन गरी कार्यालयलाई सञ्चालनमा ल्याउने तयारी रहेकाे सदस्य झाँक्रीले जिकिर गरे ।

netra 2

नेकपा कपिलवस्तु जिल्ला सदस्य तथा शिवराज नगर कमिटी सेक्रेटरी समेत रहेका बिनाेद लुइटेल (पावेल) ले जनताकाे माझमा रही जनताका हकहित र अधिकारका लागि परिवर्तित समाजकाे महसुस हुने गरी पार्टीले काम गर्ने उद्देश्यले जनताको गाउँ, ठाउँमा पार्टी कार्यालय बनाउन लागेको बताए । “नेकपाले नेपाली जनताका लागि के गर्‍याे, आउने दिनहरूमा के गर्ने हाे, जनतालाई त्यसकाे प्रत्यक्ष अनुभुती हुने गरि हामीले ठाेस कदम चालिरहेका छाैँ” उनले भने ।

पार्टीको नीति, सिद्धान्तलाई नेपाली नागरिकका बीचमा प्रष्ट देखियाेस् र देशकाे हित, संरक्षण तथा प्रबर्द्धन, विकास र हरेक नागरिकका सम्मान अधिकार प्राप्ति, देशकाे बेतिथी, भ्रष्टचार, पुँजीवाद र दलालवाद प्रणालीलाई अन्त्य गरी वैज्ञानिक समाजवादकाे स्थापनाका लागि पार्टी अगाडी बढिरहेकाे नेकपाले जनाएकाे छ ।


Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *