Press "Enter" to skip to content

शिक्षक नियुक्ति काण्ड : आर्थिक चलखेलकाे रहस्य, News of Nepal

भनिन्छ, विद्यालय एक मन्दिर हाे । जहाँ स्वच्छ र निस्पक्ष तवरले ज्ञान आर्जन सकिन्छ । विद्यालयबाट हजारौं चेतनशील सामाजिक प्राणीको जीवन समेत एक असल नेतृत्व मार्गदर्शन भइरहेकाे हुन्छ । विद्यार्थी र विद्यालय बीच ढुंगाकाे भर माटाे माटोको भर ढुंगा भए झै एक अर्का बीच घनिष्ट सम्बन्ध रहन्छ । तर त्यहि सम्बन्ध बिग्रएमा अस्तित्व नै जाेखिम हुने संभावना बढि देखिन्छ । माथिकाे सम्बन्ध जस्तै सयाैँकाे संख्यामा रहेकाे विद्यार्थीहरुकाे भविष्य अन्धकार तर्फ नजाला भन्न सकिँदैन ।

यस्तै घटना कपिलवस्तुको एक विद्यालयमा केही महिना शिक्षक भर्नाकाे बिषय चर्चामा चुलिएकाे छ । साेही विषय चर्चा पाउँदै गर्दा नातावाद, कृपावाद र आफ्नतावाद अझै कमिशनवादले समेत स्थान पाउँछ । जिल्लाको विजयनगर गाउँपालिका-३, जगदीशपुर स्थित भुवनेश्वरी माध्यमिक विद्यालय विक्रम सम्बत् २०३६ साल स्थापित भइ सञ्चालन हुँदै आएकाे छ । विद्यालयले प्रत्येक बर्ष १/२ जना शिक्षक भर्ना गराउँदै आएकाे प्रशासनले जनाएकाे छ । पछिल्लो समय २०७५ साल देखि सिभिल इन्जिनियरिङ कक्षा समेत सञ्चालन हुँदै आए पनि शिक्षक दरबन्दी पूर्ति हुन सकेकाे थिएन । गत भदौ १० गते व्यवस्थापन समितिको निर्णय अनुसार पहिलाे पटक विज्ञापन जारी गरिएको थियाे । परीक्षा तथा अन्तर्वार्ताकाे अन्तिम म्याद जारी गर्दा समेत आन्तरिक समस्याले गराउन नसकेकाे विद्यालय प्रशासनले स्विकार गरेकाे छ ।

उक्त विद्यालयमा शिक्षकको नियुक्ति गरिदिने भन्दै प्रधानाध्यापक मुनिजर हसनले आर्थिक लेनदेन गरेकाे विषय चर्चा पाएकाे छ । गत भदौ २० गते एक विज्ञापन जारी गरी ल्याब असिस्टेन्ट पदमा नियुक्तको लागि ७ लाखको सहमति भएको बुझिएको छ । सोही विद्यालयका शिक्षक लडाई प्रसाद चौधरीका अनुसार उनका छोरा विवेक चौधरीको नियुक्ति गर्न विद्यालयका प्रधानाध्यापक मुनिजर हसन सँग ७ लाख बुझाउने सहमति भएको थियाे तर कारणबस विद्यालय व्यवस्थापन समितसँग कुरा नमिल्दा रहस्य बाहिरिएको छ ।

दुई दिन अघि विद्यालयमा प्रअ हसनको घरमा पुगी ६ लाख बुझाएको र १ लाख तलब पाएपछि दिने गरी नियुक्ति गर्ने मौखिक सहमति भएको चौधरीले बताए । प्रअ हसनले विद्यालयलाई पनि केही रकम सहयोग गर्नुपर्ने भन्दै चौधरीलाई विद्यालय व्यवस्थापन समिति सँग भेट गर्न पठाएको र विद्यालयलाई चार लाख दिनुपर्ने माग आएपछि दिन नसक्ने भनेपछि विवाद सुरु भएकाे छ ।

प्रअ हसनलाई ७ लाख विद्यालयलाई ४ लाख दिनुपर्ने भएपछि आफूले दिन नसक्ने भएकोले आफूले दिएको ६ लाख फिर्ता गर्न आग्रह गरेको चौधरीले जानकारी दिए । एघार लाख आफूले दिन नसक्ने र यो विवादमा पर्न नचाहेको भन्दै छोरालाई परीक्षाको लागि नपठाएको चाैधरीले बताए ।

आफू पनि त्यही विद्यालयमा पढाउने र छोरालाई पनि जागिर मिल्ने भएपछि उक्त रकम दिएको चौधरीको भनाई छ । प्रअले पैसा लिएर रातको समयमा बोलाएको र एक जनालाई लगेर गए पनि प्रअले उनले देख्ने गरी पैसा नबुझ्ने बताएपछि चौधरीले साथीलाई घरमा छोडेर एक्लै गएर पैसा बुझाएको उनले जिकिर गरे ।

यसै बिषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दया शंकर यादवले आफूसँग कुरा हुँदा ४ लाख विद्यालयलाई सहयाेग गर्ने भनी छलफल चलेकाे बताए । छलफल चल्दै गर्दा अन्तिममा परीक्षा निस्पक्ष गराउने भनी टुंगो लगाइएको अध्यक्ष यादवले जनाए । त्यस बाहेककाे अरु विषयमा आफूलाई जानकारी नभएकाे उल्लेख गरे ।

पिडित चाैधरीले यथेष्ट प्रमाण दिन नसक्दा रकम लेनदेनको पुष्टि भने हुन सकेको छैन् । चौधरीका अनुसार बैंकबाट ६ लाख ३० निकालेको र ३० हजार घर खर्च राखी ६ लाख प्रअलाई बुझाएको जनाइएकाे छ । प्रअ हसनका शिक्षक चौधरी निकट मानिन्थे । पछिल्लो समय उनीहरू बीच असहमति बढेपछि सम्बन्ध टाढिएको बुझिएको छ । चौधरीले पटक पटक घरमा पुगी पैसा दिन खोजे पनि आफूले अस्वीकार गरेको प्रअ हसनले बताए । बुधबार पत्रकारसँगकाे कुराकानीमा आफूलाई झुटो आरोप लगाई फसाउन खाजेकोले यदि पैसा लिएको प्रमाणित भएमा शिक्षक पेशाबाट राजीनामा दिने उनले बताए ।

यता विजयनगर गाउँपालिका शिक्षा शाखाले आधिकारिक सूचना नभएकाे जनाएकाे छ । यस विषयमा अनुसन्धान गरि दाेषीलाई कार्वाहीकाे प्रक्रिया अगाडि बढाउने शाखा प्रमुख हरिहर बेल्वासेले जानकारी दिए ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *